लागूऔषधसहित महोत्तरीमा एक जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित महोत्तरीमा एक जना पक्राउ


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– लागूऔषधसहित प्रहरीले महोत्तरीबाट एक जनालाई पक्राउ गरेको छ । सम्सीबाट गौशालातर्फ जाँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्नेक्रममा बर्दिबास९१२ बस्ने राकेश महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

औरही नगरपालिका कठुधारबाट खटिएको प्रहरीले ग१ख ७४९७ नम्बरको बसमा यात्रारत महतोले सरिरमा लुकाएको लागूऔषध नाइट्रोभेट ३० पिससहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

नियन्त्रणमा लिएका महतोलाई जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थपी इलाका प्रहरी कार्यालय गौशालामा हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ८ : १७ बजे

नेकपामा प्रवेश गर्दै प्रकाशबहादुर शाहले भने- हेलिकप्टर चढेर भाग्दा पनि ओलीको अहंकार उस्तै रहेछ

काठमाडौं- नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रकाशबहादुर शाह बुधबार नवगठित

कोशी प्रदेशसभा सचिवमा खड्का नियुक्त

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सुदर्शन खड्कालाई कोशी

प्रचण्डको जिकिर : ओलीले हावा कुरा गर्छन्, एमालेका सबै नेता यतै आउँछन्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा

भीम रावललाई नेकपामा फूलमाला र अंकमालको स्वागत (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै

भ्रष्टाचारको आरोपमा श्रीलंकाका एक पूर्वमन्त्री पक्राउ

कोलम्बो– श्रीलंकाका पूर्वपर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी