गणतन्त्र विफल पार्ने कुनै पनि तत्त्व सफल हुँदैन- प्रभु साह « Khabarhub

गणतन्त्र विफल पार्ने कुनै पनि तत्त्व सफल हुँदैन- प्रभु साह


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले गणतन्त्र विफल पार्ने कुनै पनि तत्त्व सफल हुन नसक्ने बताएका छन् ।

गणतन्त्र दिवस २०७६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष साहले नेपाली समाज अहिले शिशु गणतन्त्रको स्वस्थामा रहेको र गणतन्त्रसहितको नयाँ युगको बाटो आफैमा चुनौतीपूर्ण रहेको बताए । गणतन्त्रलाई अझै जनमुखी बनाउदै यसलाई संस्थागत गर्न गणतन्त्रका लागि लडेका सबै नेपाली लाग्नुपर्ने अध्यक्ष साहको भनाई छ ।

प्रतिगामी तत्त्वहरु गणतन्त्रलाई विकृत बनाएर यसलाई विफल पार्न र समाजलाइ पछाडि पार्न षड्यन्त्र गरिरहेको हुनाले यश रक्षा गर्दै मुलुकलाई समाजवादको बाटोमा डोर्‍याउन अध्यक्ष साहले सबैलाई एकजुट हुन आव्हान गरे ।

राजा फालिएपनि राजतन्त्र कालिन संस्कारबाट प्रभावित हालका जनप्रतिनिधिमा राजाझैं प्रस्तुत भएका कारण जनता निराश भएको र ती कार्यहरु गणतन्त्र विरोधी रहेको बताउदै अध्यक्ष साहले त्यस्ता सोच र संस्कृतिबाट मुक्त हुन सबैलाई ध्यानाकर्षण गराए ।

जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त गणतन्त्रको रक्षा गर्न छोडेर प्रदेश नम्बर २ को सरकारलाई राजाजस्तै विलासी जीवनमा डुब्ने र भ्रस्टाचार बढाउने काम नगर्न अध्यक्ष साहले सचेत गराएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ९ : १४ बजे

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच