सलमानको उजुरीमा अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार « Khabarhub

सलमानको उजुरीमा अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड अभिनेता सलमान खानले आफ्नो एक छिमेकी केतन कक्कडमाथि अदालतमा दर्ता गरेको मानहानीको मुद्दामा अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ । केतन सलमानको पनवेलस्थित फार्म हाउस नजिकै रहेको एक जमीनका मालिक हुन् ।

सलमानले छिमेकी केतनमाथि आफूलाई बद्नाम गर्न खोजेको आरोप लगाएका थिए । सलमानका अनुसार केतनले एक युट्युब च्यानलसँगको अन्तरवार्तामा अपशब्द प्रयोग गरेर उनको बद्नाम गरेका थिए । यही विषयमा सलमानले मुम्बई सिटी सिविल कोर्टमा उजुरी दिएका थिए । अदालतले सलमानको पक्षमा कुनै पनि अन्तरिम आदेश नदिने जनाएको छ ।

न्यायाधीश अनिल एच लद्दादले सलमानको उजुरीमाथि केतनलाई आफ्नो जवाफ दर्ता गराउन आदेश दिएका छन् । अदालतले यो मामलाको आगामी सुनुवाई जनवरी २१ लाई तोकेको छ ।

सलमान पक्षको डीएसके लिगलका वकिलले अदालतसमक्ष सुनुवाईको समयमा केतनद्वारा कुनै पनि किसिमको मानहानी बयान नदिन आदेशको माग गरेको छ । तर केतनका वकिल आभा सिंह र आदित्य प्रतापले यो मागको विरोध गरेका छन् ।

सलमान मुम्बईको बान्द्रामा बस्छन् । तर उनको पनवेलमा एक फार्म हाउस छ । केतन मुम्बईमा बस्छन् र सलमानको फार्महाउस छेउमा उनको प्लट छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १ : ०८ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु