सलमानको उजुरीमा अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार « Khabarhub

सलमानको उजुरीमा अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड अभिनेता सलमान खानले आफ्नो एक छिमेकी केतन कक्कडमाथि अदालतमा दर्ता गरेको मानहानीको मुद्दामा अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ । केतन सलमानको पनवेलस्थित फार्म हाउस नजिकै रहेको एक जमीनका मालिक हुन् ।

सलमानले छिमेकी केतनमाथि आफूलाई बद्नाम गर्न खोजेको आरोप लगाएका थिए । सलमानका अनुसार केतनले एक युट्युब च्यानलसँगको अन्तरवार्तामा अपशब्द प्रयोग गरेर उनको बद्नाम गरेका थिए । यही विषयमा सलमानले मुम्बई सिटी सिविल कोर्टमा उजुरी दिएका थिए । अदालतले सलमानको पक्षमा कुनै पनि अन्तरिम आदेश नदिने जनाएको छ ।

न्यायाधीश अनिल एच लद्दादले सलमानको उजुरीमाथि केतनलाई आफ्नो जवाफ दर्ता गराउन आदेश दिएका छन् । अदालतले यो मामलाको आगामी सुनुवाई जनवरी २१ लाई तोकेको छ ।

सलमान पक्षको डीएसके लिगलका वकिलले अदालतसमक्ष सुनुवाईको समयमा केतनद्वारा कुनै पनि किसिमको मानहानी बयान नदिन आदेशको माग गरेको छ । तर केतनका वकिल आभा सिंह र आदित्य प्रतापले यो मागको विरोध गरेका छन् ।

सलमान मुम्बईको बान्द्रामा बस्छन् । तर उनको पनवेलमा एक फार्म हाउस छ । केतन मुम्बईमा बस्छन् र सलमानको फार्महाउस छेउमा उनको प्लट छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १ : ०८ बजे

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १