फिजी र टोंगालगायतका मुलुकमा ज्वालामुखी विस्फोटपछि सूनामीको चेतावनी « Khabarhub

फिजी र टोंगालगायतका मुलुकमा ज्वालामुखी विस्फोटपछि सूनामीको चेतावनी


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुभा–ं न्यूजिल्याण्ड, फिजी र टोंगासमेत केही देशहरुमा विशाल ज्वालामुखी विस्फोटपछि सूनामीको चेतावनी दिइएको छ । यो ज्वालामुखी विस्फोट समुद्रमा भएको बीबीसीले जनाएको छ ।

टोंगाबाट सामाजिक सञ्जालमा आइरहेका तस्वीहरुमा पानीको लहर चर्च र घरहरुमाथि पुगेको देखिएको छ । प्रत्यक्षदर्शीले टोंगाको राजधानी नुकुअलोफामा ज्वालामुखीबाट निस्केको खरानी जताततै देखिएको बताएका छन् । राजधानी वासीहरुलाई अग्लो स्थानमा जान अपील गरिएको छ ।

हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीमा भइरहेको हलचलपछि यो सबैभन्दा पछिल्लो विस्फोट हो ।

उता, फिजीको राजधानी सुभाका अधिकारीहरुले ५०० मिल टाढाको विस्फोटको आवाज ८ मिनेटसम्म सुनेको बताएका छन् ।

टोंगाको भूगर्भ विभागले ज्वालामुखीबाट निस्केको ग्यास, धुँवा र बादल अकाशमा २० किलोमिटरको उँचाइसम्म पुगेको बताएको छ । टोंगाको राजधानी हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीबाट मात्र ६५ किलोमिटर टाढा छ ।

अष्ट्रेलियाको मौसम विभागले १.२ मिटर उँचाइसम्म सूनामी आएको बताएको छ । हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीबाट २ हजार ३ सय किलोमिटर टाढाको न्यूजिल्याण्डमा पनि सूनामी आउने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ३ : ५९ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर