आज साताको पहिलो दिन आइतबार, थाहा पाउनुहोस् सातै दिन कुन भगवानको पूजा गर्ने ? « Khabarhub

आज साताको पहिलो दिन आइतबार, थाहा पाउनुहोस् सातै दिन कुन भगवानको पूजा गर्ने ?


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी–देवता छन् । यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ । यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ ।

सप्ताहको सात दिनले पनि विशेष महत्व राख्दछ । हिन्दु धर्मले कुन दिन कुन देवी–देवताका लागि समर्पित छ भन्ने कुरालाई प्रष्ट पारेको छ । यसरी गरिने पूजाबाट के फल मिल्छ जानी राखौँ ।

आइतबार : आइतबारलाई सूर्य देवको बार मानिन्छ । यस दिन व्रत बस्नु, घिऊँ, तेल र नुनबाट टाढा रहनुले शुभ फल मिल्नेछ । आइतबारको दिन रातो रंगको कपडा लगाउने, रातो चन्दनको टीका लगाउने र रातै रंगको फल–फूल सूर्य नारायणलाई अपर्ण गरी गरिबहरुलाई बाढेको खण्डमा फल प्राप्ति हुनेछ ।

सोमबार : सोमबारको दिन देवताको पनि देवता, महादेव र चन्द्र ग्रहको पूजा गरे फल प्राप्ति हुनेछ । विवाह नगरेका कन्याले आफुले चाहेको जीवन साथी पाउनका लागि यो दिन व्रत बसे मनोकांक्षा पूरा हुने विश्वास छ । यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुनेछ ।

मंगलबार : मंगलबारको दिन हनुमान र मंगल ग्रहको लागि समर्पित छ । मंगलबारको दिन हुनमानको जन्म भएको थियो । यो दिन व्रत बस्नाले जीवनमा कहिल्यै पनि अशुभले घेर्ने छैन । यो दिन रातो वस्त्र लगाउनु उत्तम हुनेछ । हनुमानलाई रातो रंगको मिठाइ चढाएको खण्डमा शनि तथा मंगल ग्रहको शुभकामना मिल्नेछ ।

बुधबार : यो दिन बुद्धिका दाता भगवान श्री गणेशको उपासनाको दिन हो । बुधबार श्री गणेशका साथै बुध ग्रहको पनि पूजा गरिन्छ । यो दिन हरियो रंगको कपडा लगाउनु शुभ हुनेछ । मुंगको दाल, घिऊँ वा दहीको दान गरेमा समाजमा मानसम्मान बढ्ने र बुद्धि बढ्ने छ । साथै, यो दिन दही युक्त अन्नले भगवान विष्णुको पूजा गर्नाले पुत्र सुख मिल्ने छ ।

बिहीबार : बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको लागि समर्पित छ । यो दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।

शुक्रबार : यो दिन देवी दुर्गाको पूजा गरिन्छ । त्यसैले यो दिन देवी दुर्गाका साथै उनका सबै अवतारको पूजा पनि गरिन्छ । महालक्ष्मी, देवी दुर्गा, वैभव लक्ष्मी, सन्तोषी माता तथा शुक्र ग्रहप्रति यो दिन समर्पित छ । यो दिन सेतो कपडा लगाउनु पर्नेछ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिनेछ ।

शनिबार : यो दिन भगवान शनिदेवप्रति समर्पित छ । त्यसैले यदि तपाईंको शनिको दशा चलिरहेको छ भने यो दिन मन्दिरमा शनिदेवको पूजा गरेर शान्त पार्न सक्नु हुनेछ । यो दिन भगवान हनुमान तथा काली माताको पनि पूजा गरिन्छ । शनिबारलाई अकाल मृत्यु निवारण गर्ने बारको रुपमा पनि लिइन्छ । यो दिन शनिदेवका साथै भगवान रुद्रको पूजा गरिन्छ । शनिबारको दिन कालो रंगको कपडा लगाउने र कालो वस्तु गरिबलाई दान गर्दा फल प्राप्ति हुनेछ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ५ : ४० बजे

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक