यसरी माझ्नुहोस् दाँत « Khabarhub

यसरी माझ्नुहोस् दाँत


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाँत शरीरको एउटा यस्तो अंग हो जसले शरीरलाई आवश्यक खानेकुरा चपाएर पाचन प्रणालीमा पठाउँछ । यही अंगमा खानेकुरा अड्कियो भने समस्या आउँछ । जसले अन्य स्वास्थ्य समस्या हुनसक्छ ।

मुख स्वास्थ्यमा दाँत माझ्ने ब्रस पनि महत्त्वपूर्ण मानिन्छ । यो सनातन धर्ममा सदियौँ पहिलेबाट प्रयोग हुँदै आएको थियो । त्यस बेला दतिवनले दाँत माझ्ने, तेल नुनले दाँत घोटिन्थ्यो । तर पश्चिमा देशको प्रभावका कारण अहिले प्लास्टिकको ब्रस प्रयोग गरिन्छ ।

अहिले दाँत सफा गर्ने भन्ने बित्तिकै ब्रस र पेस्टलाई सम्झिइन्छ । तर खाना खाएपछि मज्जाले कुल्ला गर्न आवश्यक छ । त्यसपछि मात्र दाँत माझ्नु पर्दछ । खाना खाएपछि नियमित ब्रस गर्न आवश्यक छ । तर धेरै ब्रस गर्‍यो भने दाँतको इनामेल जान्छ । यसमा पेस्टको गुणस्तर प्रमुख हुन्छ ।

पेस्ट खस्रो छ भने इनामेलका लागि घातक हुनसक्छ। यस्तै सिलिका बढी भएको पेस्टले, कडा ब्रसले वा कोइलाले दाँत माझ्दा दाँत खिइन सक्छ । दाँत माझ्ने ब्रस नरम हुनु पर्दछ । साथै मन्जन फ्लोराइड भएको चाहिन्छ । फ्लोराइडले दाँतको इनामेलको संरचनालाई बलियो बनाउन मद्दत गर्छ । साथै किरा लाग्ने समस्या कम हुन्छ ।

पेस्ट लगाएपछि दुई मिनेटसम्म तलमाथि गर्दै दाँत माझ्नु पर्दछ । अरुबेला खाएपछि बेस्सरी कुल्ला गर्नुपर्छ ।

ट्वाइलेट गर्दै दाँत माझ्नु हुँदैन । यो स्वास्थ्यकर हुँदैन ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ६ : ०० बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा