बतास समूहको धर्मशाला त सेभेन स्टार होटलजस्तो पो रहेछ, म सक्ड भएँ: मन्त्री आले | Khabarhub Khabarhub

बतास समूहको धर्मशाला त सेभेन स्टार होटलजस्तो पो रहेछ, म सक्ड भएँ: मन्त्री आले


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला सेभेन स्टार होटेलजस्तो भएको र यो देखेर आफू ‘सक्ड’ भएको बताएका छन् ।

आइतबार छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा पुगेका मन्त्री आलेले बतास अर्गनाइजेसनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशाला ‘सेभेन स्टार होटलजस्तो’ भएको बताए ।

छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउन बताएका मन्त्री आलेले धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा ५ हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको पाइएको पनि बताए ।

उनले आफूले राजनीतिक प्रतिशोध कसैमा नसाँधेको र जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने पनि दाबी गरे ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  १ : ०८ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन २८ गते बुधबार। भाद्र

आज २०८२ साल साउन २८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २८ गते बुधबार। भाद्र

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती