पार्टी कार्यकर्तालाई देउवाको निर्देशन– लोकतन्त्र बचाउन तयार हुनुहोस् « Khabarhub

पार्टी कार्यकर्तालाई देउवाको निर्देशन– लोकतन्त्र बचाउन तयार हुनुहोस्


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुरले प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न शुरु गरेको आरोप लगाएका छन् । वर्तमान कम्युनिस्ट सरकारले लोकतन्त्रमाथि हमला गर्न शुरु गरिसकेकाले त्यसको प्रतिवाद गर्न कांग्रेस तयार हुनुपर्ने देउवाको भनाइ छ ।

लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेसको पहिलो दायित्व भएको उल्लेख गर्दै देउवाले त्यसका लागि तयारी अवस्था रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । गणतन्त्र दिवसको अवसर पारेर बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै देउवाले लोकतन्त्रका लागि लडेको कांग्रेसले नै लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए ।

‘जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्र नै हुँदैन,’ सभापति देउवाले भने, ‘प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि हमला गर्न शुरु गरेकाले लोकतन्त्रको रक्षा गर्न पार्टीका नेता, कार्यकर्ता तयार हुनुपर्ने बेला आएको छ ।’

धेरै ठूलो लडाइँ, त्याग र तपस्याको प्रतिफलका रुपमा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । ‘लोकतन्त्रका लागि कांग्रेसले हिजो पनि संघर्ष गरेको थियो, आज पनि गरिरहेको छ र भोलि पनि गरिरहने छ,’ देउवाले भने ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १२ : ३६ बजे

बूढासुब्बा गोल्डकपः धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश

सुनसरी – छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौं – यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य

हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न

काठमाडौँ- गोरेटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी