हेमासँग समय बिताउन लाइटमेनलाई पैसा दिन्थे धर्मेन्द्र « Khabarhub

हेमासँग समय बिताउन लाइटमेनलाई पैसा दिन्थे धर्मेन्द्र


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड दिग्गज अभिनेता धर्मेन्द्र र अभिनेत्री हेमा मालिनी आज पनि बलिउडको एक आदर्श जोडी हुन् । तर आफ्नो प्रेमलाई विवाह मण्डपसम्म पु¥याउन यो जोडीलाई कम सकस परेन । दुवैले कैयौं समस्या पार गरे ।

हेमासँग विवाह गर्नुअघि नै धर्मेन्द्र विवाहित थिए । जुन कुरा हेमासँगको विवाहका लागि समस्या बनेको थियो । धर्मेन्द्र र हेमाको प्रेमकथा चर्चित र विवादित सँगै दिलचस्प पनि थियो । उनीहरुले एकसाथ कैयौं फिल्ममा काम गरे । तर प्रेमकथाको सुरुवात ‘शोले’बाट भयो । यो फिल्मको सेटमा हेमा र धर्मेन्द्रको प्रेमकथाको एक किस्सा निकै लोकप्रिय छ ।

फिल्म ‘शोले’को गब्बरदेखि वीरुको संवाद अहिले पनि जोकोहीको मुखमा झुण्डिएको छ । फिल्ममा अमिताभ बच्चन, जया भादुरी, धर्मेन्द्र र हेमाको प्रमुख भूमिकामा अभिनय थियो । धर्मेन्द्र ठाकुरको भूमिकामा अभिनय गर्न चाहन्थे, तर फिल्ममा वीरु र बसन्तीको भूमिका रहेको थाहा पाएपछि उनले ठाकुरको भूमिकालाई छोडे ।

धर्मेन्द्र हेमालाई निकै मनपराउँथे । ‘शोले’को सुटिङमा उनको वरपर नै हेमा रहुन् भन्ने चाहन्थे । यो फिल्मको सुटिङमा धर्मेन्द्र लाइटमेनलाई गल्ती काम गर्नका लागि पैसा दिन्थे । आफ्नो र हेमाको दृश्य छायांकन भइरहँदा लाइटमेनले गल्ती गरिदियो भने त्यो दृश्यलाई रिटेक गर्नुपर्छ भन्ने धर्मेन्द्रलाई थाहा थियो । जसकारण उनी लामो समयसम्म हेमासँग समय बिताउन चाहन्थे ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ११ : ३६ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र