‘कहो ना प्यार हे’ गीतकार इब्राहिमको निधन « Khabarhub

‘कहो ना प्यार हे’ गीतकार इब्राहिमको निधन


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउडका लोकप्रिय गीतकार इब्राहिम अश्कको ७० वर्षको उमेरमा कोरोना संक्रमणका कारण निधन भएको छ । उनको मुम्बईको सटेमीरा रोडस्थित मेडीकेटक मल्टीस्पेशियालिट अस्पतालमा निधन भएको हो । उनले फिल्म ‘कहो ना प्यार हे’को शीर्ष गीतलगायत धेरै फिल्ममा गीत लेखेका थिए ।

इब्राहिमलाई शनिबार एक्कासी ज्वरो आएपछि उनले रगत बमिट गरेका थिए । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी मुटुको रोगी पनि थिए । जसकारण उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

उनको जन्म मध्यप्रदेशको मन्दसौर जिल्लामा भएको थियो । उनले बलिउडमा ‘कोई मिल गया’, ‘कृष’, ‘वेलकम’, ‘जानशीन’, ‘ब्ल्याक एण्ड ह्वाइट’, ‘आप मुझे अच्छे लगने लगे’ जस्ता फिल्ममा गीत लेखेका थिए । उनले आफ्नो करियरको सुरुवात पत्रकारको रुपमा गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १२ : ०८ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु