चिसोले सतायो ? यसरी सुरक्षित हुनुहोस् « Khabarhub

चिसोले सतायो ? यसरी सुरक्षित हुनुहोस्


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको छ । तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ ।

यस्तो बेला शरीरलाई बदलिएको मौसममा घुलमिल हुन गाह्रो हुन्छ । मौसम फेरबदल हुँदा खानपान लगायतका कुरामा ध्यान पुर्‍याउन सके कोरोनाको साथै चिसोबाट हुने जोखिमबाट बच्न सकिन्छ ।

चिसोको असर
–शरीरलाई बहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ ।
–पहिलादेखिको रोगीलाई भने झन् धेरै असर गर्छ ।
–मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ ।
–युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ ।
–रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ ।
–चिसोका कारण रक्तनली साँघुरिएर रक्त प्रवाहमा असर गर्छ । यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।

चिसोबाट कसरी बच्ने ?

–न्यानो कपडा लगाउने
–आगो ताप्ने ।
–यो मौसममा शरीरमा पानी कम हुने भएकाले प्रशस्त मात्रामा तातो पानी पिउने ।
–चिसो खानेकुरा सकेसम्म नखाने, तातो र ताजा खाना खाने ।
–धेरै मात्रामा झोलिलो खानेकुरा खाने ।
–धेरै नुनिलो नखाने
–पौष्टिक खानेकुरामा जोड दिने ।
–बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने ।
–मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने ।
–समस्या परेमा स्वास्थ्य जाँच गराउने ।

(टेकु अस्पतालका डा. शेरबहादुर पुनसँग गरेको कुराकानीमा आधारित )

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १० : ४० बजे

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं– गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा

युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै

गणेश नेपालीको निधनपछि आफन्त आन्दोलनको तयारीमा, शव बुझ्न अस्वीकार

काठमाडौं–  गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले आन्दोलनको तयारी

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्धहरूलाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको