स्मितासँग अलग्गिए ‘महाभारत’का श्रीकृष्ण « Khabarhub

स्मितासँग अलग्गिए ‘महाभारत’का श्रीकृष्ण


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– भारतीय टेलिभिजनको ऐतिहासिक टेलिफिल्म ‘महाभारत’का अभिनेता नीतीश भारद्वाज पत्नी स्मितासँगको विवाहको १२ वर्षपछि औपचारिक रुपमा अलग्गिएका छन् । स्मिता पेशाले आईएएस अफिसर हुन । उनीहरुको सम्बन्ध सेप्टेम्बर २०१९ मै टुटेको थियो । उनीहरुको दुई जम्ल्याहा छोरी छन्, जो आमा स्मिताका साथ इन्दौरमा बस्छन् । नीतीशले ‘महाभारत’मा श्रीकृष्णको भूमिका निर्वाह गरेका थिए ।

हालै एक अन्तरवार्तामा नीतीशले पत्नी स्मितासँग अलग्गिनुको कारणबारे खुलासा गरेका छन् । ‘हो, मैले फेमिली कोर्टमा सम्बन्धविच्छेदका लागि सेप्टेम्बर २०१९ मा निवेदन दर्ता गरेको थिएँ । म त्यो गहिराइमा जान चाहन्न कि के कारणले हामी अलग भयौं । यो मामला अदालतमा छ । म यतिमात्र भन्न सक्छु कि सम्बन्धविच्छेद, मृत्युभन्दा पनि शक्तिशाली हुन्छ । खासगरी तब जुन बेला तपाईं एक खालीपनसँग बसिरहनु भएको हुन्छ’, उनले भनेका छन् ।

उनले अगाडि भनेका छन्, ‘म यो संस्थाप्रति भरोसा राख्छु । तर म यो मामलामा भाग्यमानी छैन । सत्य कुरा बताउँदा विवाह टुट्ने विभिन्न कारण हुनसक्छन् । कैयौं पटक तपाईं आफ्नो साथीलाई उसको मनोवृत्तिमा सम्झौता गर्न सक्नुहुन्न, त कहिले क्षतिपूर्तिको कमी हुन्छ । जब कसैको सम्बन्ध टुट्छ, जसले बच्चालाई असर गर्छ । यसको जिम्मेवार अभिभावक नै हुन्छन् ।’

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ११ : ४० बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु