कटरीनाको सुपरहिरो फिल्म अनिश्चित « Khabarhub

कटरीनाको सुपरहिरो फिल्म अनिश्चित


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेत्री कटरीना कैफको सुपरहिरो फिल्मको निर्माण कार्य हाललाई रोकिएको छ । निर्देशक अली अब्बास जफर अन्य प्रोजेक्टमा व्यस्त भएपछि यस बेनामे सुपरहिरो फिल्मको निर्माण कार्य रोकिएको हो ।

निकै महंगो बजेट भनिएको यो फिल्मका लागि निर्देशक जफर कथामा लामो समयदेखि व्यस्त थिए । अभिनेत्री कटरीना सुपरहिरो अवतारमा देखिने समाचार सार्वजनिक भएपछि उनका फ्यान पनि निकै उत्साहित थिए ।

तर निर्देशक जफरले नै फिल्म निर्माणको काम हाललाई स्थगित गरेको जनाएका छन् । अली यतिबेला शाहिद कपुरका साथ एक प्रोजेक्टमा व्यस्त छन् । त्यसपछि उनी टाइगर श्राफ र अक्षय कुमारका साथ ‘बडे मियाँ छोटे मियाँ’ सुरु गर्नेछन् । यो मेगा बजेटको रोमान्टिक कमेडी फिल्म हुनेछ । फिल्मका लागि अक्षयले १ सय ५० करोड पारिश्रमिक लिँदैछन् ।

अलीले अक्षय र टाइगरको अभिनय रहने फिल्मको सुटिङ सुरु गर्ने निर्णय गरेपछि कटरीनाको सुपरहिरो फिल्म अनिश्चित भएको हो । अली सन् २०२२ मा ‘बडे मियाँ छोटे मियाँ’ को काम पुरा गर्नेछन् । त्यसपछि मात्र सुपरहिरो फिल्ममा उनको ध्यान जानेछ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  १२ : ०८ बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता