बैतडी डम्बर अवस्थी हत्या प्रकरण : थप एक व्यक्ति पक्राउ « Khabarhub

बैतडी डम्बर अवस्थी हत्या प्रकरण : थप एक व्यक्ति पक्राउ


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थी हत्या प्रकरणमा थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि स्थानीय २३ वर्षका शिक्षक हरिस अवस्थी पक्राउ परेकोमा अहिले उनकै आफन्त पर्ने २८ वर्षका नवराज अवस्थीसमेत पक्राउ परेकाछन् । उनले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

यता विप्लव नेतृत्वको नेकपाले भने आफ्ना कार्यकर्ताको हत्या पछि दैनिक आन्दोलन गरिरहेको छ । विप्लव नेतृत्वको नेकपाका सदस्यसमेत रहेका ३० वर्षीय डम्बर अवस्थीको शव गत बुधबार स्थानीय जंगलमा ओढारभित्र गाडेको अवस्थामा भेटिएको थियो ।

यस्तो छ घटना

२३ पुसमा सुर्नया-६ का स्थानीय शिक्षक हरिस अवस्थीले आफ्नो फेसबुकमा एक स्ट्याटस लेखे । गाउँमा हराएका व्यक्तिको नाम किटान गर्दै उनले फलानोलाई फलानोले मारेको होसम्म लेखे । स्थानीय दुई जनाले विप्लवका ६ कार्यकर्ता लगाएर आफूलाई समेत मार्न खोज्दैछन् भन्दै उद्धारका लागि प्रहरीसँग हारगुहार गर्दै अपहरणको नाटक गरेका थिए ।

हरिसलाई बर्दिया जिल्लाबाट पानीले भिजेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । उनले हराएका व्यक्तिलाई कसैले मारेको किटान गरेकाले प्रहरीले संकाको घेरामा राख्दै थुनामा राखेको थियो ।

थुनेको दुई दिनपछि हरिस आफैले डम्बरलाई मारेर गुफाभित्र पुरेको बताए । हरिसले भनेकै गुफामा पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी रमेशबहादुर पालसहितको टोलीले सडेको अवस्थामा शव फेला पारेको थियो ।

घटना मसिर १४ गतेको राति भएको प्रहरीले जनाएको छ । १५ गते बैनीको उपचारमा डडेल्धुरा जाने तयारी गरेका डम्बर अघिल्लो रातदेखि बेपत्ता थिए ।

उनलाई खोजिदिन परिवारले प्रहरीमा निवेदन दिएपछि कलडिटेल माग गर्दा अन्तिम कल उनै हरिसको थियो । जसले हत्या गरेको स्वीकार गरिसकेकाछन् ।

घटनामा उनीमात्रै संलग्न थिए अथवा अरू पनि भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले बताए ।

डेढ महिनाअघि हत्या भएको डम्बरको शव अझै आफन्तले बुझेका छैनन् । हत्यामा अरू पनि संलग्न रहेको हुनसक्ने भन्दै सबैको पहिचान गरी कारबाहीको माग आफन्तको छ ।

उता विप्लव नेतृत्वको नेकपाले मृतकलाई सहिद घोषणा गर्नुपर्ने माग राख्दै दैनिक आन्दोलन चर्काइरहेको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ९ : २० बजे

अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

तेहरान- इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि