बजेटको सिलिङ रातारात परिवर्तन ? « Khabarhub

बजेटको सिलिङ रातारात परिवर्तन ?


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विषयगत मन्त्रालयहरुको उच्च दबाव थेग्न नसकेपछि राष्ट्रिय योजना आयोगले बजेट सिलिङ बढाएको छ । सिलिङ बढेसगै अब नया सिलिङ १५ खर्ब ७७ अर्ब ७० करोड पुगेको छ । बजेट कुल खर्चमा आधारीत हुने भएकाले नँया सिलिङकै हाराहारीमा बजेट आउने अनुमान समेत गरिएको छ ।

आयोगका अनुसार मन्त्रालयहरुको अग्रहमा मंगलबार बसेको बैठकले सिलिङ पुनः परिवर्तन गरेको हो । स्रोत भन्छ ‘बजेट आउन २४ घण्टा पनि बाँकी थिएन, नेता तथा मन्त्रीहरुको अधिक प्रेसर थेग्न नसकेर सिलिङ परिवर्तन गरियो । ’

यस अघि आगामी आर्थिक बर्षका लागि १४ खर्ब ९३ अर्ब रुपैयाँको सिलिङ तोकिएको थियो । मंगलवार योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको अध्यक्षतामा बसेको समितिको बैठकले उक्त सिलिङलाई परिवर्तन गरेका थियो ।

आयोगका अनुसार विषयगत मन्त्रालयहरुले दुई खर्ब भन्दा बढी बजेटको माग गरेका थिए । सोही मागलाई केहि हदसम्म सम्बोधन गर्न सलिङ परिवर्तन गरिएको स्रोत छ । नँया सिलिङमा आधारित खर्च अनुसार अर्थ मन्त्रालयले रातो किताब(खर्च विवरण) छपाईका लागि पठाइसकेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  २ : ०८ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका