ऐश्वर्याको दाजुको भूमिकामा दुःखी छन् शाहरुख « Khabarhub

ऐश्वर्याको दाजुको भूमिकामा दुःखी छन् शाहरुख


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउडको बादशाहरुका रुपमा परिचित अभिनेता शाहरुख खानको फ्यान फलोइङ अधिक छ । बलिउडका अभिनेत्री या कोही आम महिला उनको बहिनी बन्न चाहन्छन् । यहाँसम्मकी फिल्ममा शाहरुखको बहिनीको भूमिकामा सायदै कम अभिनेत्री देखिएका छन् । यो सूचीमा ऐश्वर्या राय बच्चन पनि छिन् । यद्यपि शाहरुख विश्वकै सुन्दर महिला अभिनेत्रीलाई फिल्ममा बहिनी बनाउँदा दुःखी छन् । शाहरुख र ऐश्वर्याले वर्षौ पहिले फिल्म ‘जोश’मा एकसाथ काम गरेका थिए ।

फिल्ममा उनीहरुले पहिलोपटक स्क्रिन शेयर गरेका थिए । ऐश्वर्यालाई पहिलो फिल्ममै बहिनी बनाउँदा शाहरुख निकै दुःखी बनेका थिए । एक अवार्ड कार्यक्रममा शाहरुखले ऐश्वर्यालाई अवार्ड दिन बोलाउँदा उनले आफ्नो पीडा सुनाएका थिए । ‘म धेरै अभागी साबित भएको छु कि ऐश्वर्यासँगको पहिलो फिल्ममा नै मैले उनको दाजुको भूमिका निर्वाह गरें’, शाहरुखले भनेका छन् ।

‘विश्वकै सबैभन्दा सुन्दर महिलालाई कसले आफ्नो बहिनी बनाउन चाहन्छ र ? फिल्ममा ऐश्वर्या मेरो ट्वीन बहिनी बनेकी थिइन् । मानिसहरु हाम्रो अनुहार मिल्छ भन्थे । आज पनि मलाई यो कुराको पछुतो छ कि म ऐश्वर्याको दाईको भूमिकामा देखिएँ’, शाहरुखले भनेका छन् ।

यो फिल्मपछि शाहरुखले ‘मोहब्बतें’ र ‘देवदास’मा पनि ऐश्वर्यासँग अभिनय गरे । ‘देवदासमा पनि सबै कुरा ठीक थियो, तर पहिला मैले ऐश्वर्यालाई छोडें, पछि ऐश्वर्याले मलाई छोडेर अरु कोहीसँग विवाह गरिन् । साँच्चै भन्ने हो भने ऐश्वर्यासँग अनस्क्रिन रोमान्स गर्ने मौका मैले पाएकै छैन’, शाहरुख सम्झन्छन् ।

उनले ऐश्वर्यासँग साधारण फिल्ममा काम गर्न चाहेको खुलाएका छन् । पछिल्लो पटक शाहरुखले ऐश्वर्यासँग फिल्म ‘ए दिल है मुश्किल’मा अभिनय गरेका थिए । फिल्ममा शाहरुखले ऐश्वर्याको डिभोर्सी पतिको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ११ : २२ बजे

जापानप्रति उत्तर कोरियाको कडा चेतावनी

सियोल– जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले

हर्क साम्पाङको चेतावनी : गीत गाउन नआउनेलाई पार्टीबाट निकालिदिन्छु

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफ्ना अनेक उटाङ्‍गे

उद्योगमन्त्री यादवको निर्देशनपछि एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै

कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन

यमननजिकै आक्रमणपछि लाल सागरमा डुब्यो भारतीय जहाज

साना- इरान-अमेरिका द्वन्द्वको असर लाल सागरमा पनि देखिएको छ। स्ट्रेट