साप्सु खोला जलविद्युत आयोजना राष्ट्रिय प्रशारणलाईनमा जोडियो « Khabarhub

साप्सु खोला जलविद्युत आयोजना राष्ट्रिय प्रशारणलाईनमा जोडियो


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको ६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाईनमा जोडिएको छ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको ३३ केभी जलजले–बुइपा प्रसारण लाईनमार्फत नेशनल ग्रिडमा जोडिएको हो ।

थ्रिस्टार हाइड्रो पावर कम्पनी लिमिटेडले करिब १ अर्व ५० करोड खर्चमा दुई वर्षमा अर्धजलाशययुक्त साप्सु खोला जलविद्युत आयोजनाको काम पुरा गरेको हो । आयोजनाको काम सम्पन्न भएसँगै गत १४ मंसिरदेखि परीक्षण उत्पादन सुरु गरिएको थ्रिस्टार हाइड्रो पावर कम्पनीका सञ्चालक ध्रुवबहादुर श्रेष्ठले जानाकारी दिए ।

आयोजनामा हिमालयन बैंक र राष्ट्रिय बाणिज्य बैंकले ६५ प्रतिशत ऋण तथा डेभलपर (सञ्चालक)को ३५ प्रतिशत स्वपूजी लगानी छ । राजापानीको बेलडाँडास्थित पावरहाउसबाट उत्पादित विद्युत २.५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारणलाईनमा जोडिएको छ । प्रभावित क्षेत्रका स्थानीयले विद्युत तथा बाटो मर्मतको माग गरेको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका स्थानीय मनोज राईले बताए ।

वर्षा याममा ६.६ मेगावाट विद्युत उत्पादन भए पनि हिउँदको समयमा खोलामा पानी घट्दा उत्पादन क्षमता घट्ने भएकाले हिउँदमा ‘पिकआवर’ मा पूर्ण क्षमताकै विद्युत आपूर्तीका लागि रिजर्भ निर्माण गरिएको छ । दुई वर्षसम्म साप्सु खोला जलविद्युत आयोजनाको काम सञ्चालन हुँदा सयौं स्थानीयले रोजगार पाएको स्थानीय प्रदीप दाहालले बताए ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  १२ : ३० बजे

विश्वकप क्वार्टरफाइनलमा स्पेन र बेल्जियम भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं- सन् २०१० मा ट्रफी उचालेपछि विश्वकप मैदानमा खराब प्रदर्शन

रूपान्तरणकारी पठनपाठनको आधारका लागि ‘सञ्चारशील कक्षाकोठा’

काठमाडौं– वरिष्ठ सञ्चारकर्मी डा रघु मैनालीको ‘सञ्चारशील कक्षाकोठा’ पुस्तक सार्वजनिक

गणेशबारे रवि, बालेन र सुनिता चुप, तल्लो तहका वर्गमाथि राज्य सधैँ पूर्वग्राही

काठमाडौं- जेन-जी आन्दोलनअघि नेपाली कांग्रेस, नेकपा एमाले माओवादी जस्ता पुराना

भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन

काँक्रेविहार– भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ मा