कुवेतमा एक नेपाली युवक मृत भेटिए « Khabarhub

कुवेतमा एक नेपाली युवक मृत भेटिए


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवकको मृत्यु भएको छ । सिराहा घर भएका रमेश मण्डल आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

कुवेतस्थित अल जाहारा क्लिनिङ कम्पनीमा क्लिनरका रूपमा कार्यरत मण्डल आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

विगत दुई वर्षअघि त्यहाँ पुगेका मण्डल कोठाभित्र झुन्डिएको अवस्थामा देखेपछि साथीहरुले कुवेत प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण आत्महत्या हो या होइन भन्नेबारे कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

मृतकको शवलाई कम्पनी तथा उनको परिवारसँग समन्वय गरेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी जतिसक्दो चाँडो नेपाली पठाइने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ११ : ३४ बजे

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल

जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले

काठमाडौं- गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१