निजामति कर्मचारीका लागि ७ वटै प्रदेशमा शिशु स्याहार केन्द्र विस्तार गरिने « Khabarhub

निजामति कर्मचारीका लागि ७ वटै प्रदेशमा शिशु स्याहार केन्द्र विस्तार गरिने


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले निजामति सेवाका कर्मचारीका लागि ७ वटै प्रदेशका शिशु स्याहार केन्द्र विस्तार गर्ने भएको छ ।

हाल सिंहदरबारमा मात्रै रहेको यस्तो शिशु स्याहार केन्द्र अब ७ वटै प्रदेशमा विस्तार गरिने भएको हो ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सिंहदरबारमा रहेको शिशु स्याहार केन्द्र सातै प्रदेशमा विस्तार गरिने बताएका हुन् ।

हाल निजामति सेवामा कार्यरत कर्मचारीले आफ्ना शिशुहरु सिंहदरबारस्थित शिशु स्याहार केन्द्रमा राख्ने गर्छन् ।

निजामति कर्मचारीले जन्मिएको ३ महिनादेखि ३ वर्षसम्म आफ्ना शिशु स्याहार केन्द्रमा राख्न पाउँछन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ४ : ५१ बजे

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले