विद्यालयमा पुस्तकालय स्थापना गर्न एक हजार पुस्तक हस्तान्तरण « Khabarhub

विद्यालयमा पुस्तकालय स्थापना गर्न एक हजार पुस्तक हस्तान्तरण


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – साःफु भक्तपुरले सिन्धुपाल्चोक, पाटी भञ्याङस्थित ठूलो थकनी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि पुस्तक हस्तान्तरण गरेको छ । संस्थाले विद्यालयलाई कूल एक हजार ४० थान पुस्तक हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा साःफुका संस्थापक अध्यक्ष लक्ष्मी बखाद्यःले शिक्षामा सबैको पहुँच आवश्यक भएकाले दुर्गम क्षेत्रको सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई कक्षागत अध्ययनभन्दा बाहिरका ज्ञान वृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्यले पुस्तक प्रदान गरिएको बताए ।

पुस्तक लिँदै विद्यालयका प्रधानाध्यापक तिलकराज खत्रीले ठूलो थकनी माध्यमिक विद्यालयमा अझै पुस्तकालय स्थापना गर्न नसकेको अवस्थामा यस संस्थाले दिएका पुस्तकबाट पुस्तकालय स्थापना गर्न सहयोग पुगेको जनाए ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १० : ४५ बजे

अमिषाले बोलेको कुरामा आमालाई बोलाएर लिखित माफी मगायो साइबर ब्यूरोले

काठमाडौं- नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा प्रसारित एक अभिव्यक्तिप्रति

नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ

काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश डा. मनोकुमार शर्माले पद तथा गोपनीयताको शपथ

सूचना प्रविधि प्रयोग गरी न्यायमा पहुँच वृद्धि गर्छु : प्रधानन्यायाधीश शर्माले

काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले सूचना प्रविधि प्रयोग गरी

पोर्चुगलको टोली घोषणा : छैटौं पटक विश्वकपको मैदानमा उत्रिँदै ४१ वर्षीय रोनाल्डो

लिस्बन- प्रशिक्षक रोबर्टो मार्टिनेजले आगामी महिना हुन लागेको विश्वकप फुटबलका