लमजुङमा ‘हेलो डाक्टर’ सेवा सुरु, घरबाटै चिकित्सकसँग परामर्श लिन सकिने « Khabarhub

लमजुङमा ‘हेलो डाक्टर’ सेवा सुरु, घरबाटै चिकित्सकसँग परामर्श लिन सकिने


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्ला अस्पताल लमजुङले ‘हेलो डाक्टर’ सेवा सञ्चालनमा ल्याएको छ ।

लमजुङलगायत छिमेकी जिल्लाबाट कोरोनाको आंशका भएका विरामीलगायत अन्य रोगका बिरामीसमेत बढेपछि अस्पतालले घरमै बसेर पनि डाक्टरको परामर्श लिने व्यवस्थासहित ‘हेलो डाक्टर’ सेवा पुन: सुरु गरेको हो ।

कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका व्यक्ति तथा कोरोना भाइरसको आशंका वा लक्षण देखा परेका व्यक्तिले स्वास्थ्य सम्बन्धी सल्लाह तथा परामर्श लिन मोवाइल नंम्बर ९८६४८९६७४५ मा फोन गर्न सक्नेछन् ।

कोरोनासँग सम्वन्धित मात्र नभई अन्य स्वास्थ्यसम्वन्धी समस्या भएका विरामीहरुले समेत उक्त नम्वरमा सम्पर्क गरी परामर्श सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।

कोरोना भाइरस प्रभावित क्षेत्रबाट आएका र भाइरसको लक्षण देखा परेका नागरिकलाई अस्पतालका मेडिकल अफिसर लगायतका चिकित्सकले फोनबाटै सल्लाह सुझाव दिने हुँदा उनीहरुले सोही अनुसार सतर्कता अपनाउन सक्ने अस्पताल प्रमुख हेमन्त श्रेष्ठले वताए ।

अस्पतालले यसअघि कोरोना संक्रमण जोखिमकै अवस्थामा गत बैशाखमा पनि यो सेवा सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १० : १५ बजे

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको