भन्सार छलिएको ३० लाख मूल्य बराबरको सामग्रीसहित ट्रक नियन्त्रणमा « Khabarhub

भन्सार छलिएको ३० लाख मूल्य बराबरको सामग्रीसहित ट्रक नियन्त्रणमा


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – ३० लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलीका सामान बोकेको एक ट्रकलाई पर्साको वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इदगाह चोकको सडकखण्डमा ना३ख ५६७१ नंको मालवाहक ट्रकलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

उक्त ट्रकमा भन्सार छली गरी ल्याइएका खुद्रा सामान फेला परेको प्रहरीको दाबी छ । सो क्रममा ट्रकका चालक पर्साको जगरनाथपुर गाउँपालिका–१ का ४५ वर्षीय लालबाबु महरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उक्त ट्रकमा भएको मालसमानसहित रु ३० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १० : ०० बजे

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको