पर्वतमा पशुपक्षी प्रयोगशाला भवन निर्माण सुरु « Khabarhub

पर्वतमा पशुपक्षी प्रयोगशाला भवन निर्माण सुरु


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – पर्वतको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा डिस्पेन्सरी र प्रयोगशाला भवन निर्माण सुरु गरिएको छ ।

गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा डिस्पेन्सरी र प्रयोगशाला भवन निर्माण गर्न थालिएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राङ्गणमा उक्त भवन निर्माण हुनेछ । पशुपक्षीको उपचार, कृत्रिम गर्भाधान, बन्ध्याकरणलगायतका कार्य गर्न तथा अन्य अनुसन्धानमूलक कार्य गर्न भवन निर्माण गर्न लागिएको हो ।

विसं २०७९ मसान्तसम्म भवन निर्माणको काम सक्ने लक्ष्य लिइएको विज्ञ केन्द्र प्रमुख रामजीप्रसाद शर्माले जानकारी दिए । भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले बिहीबार भवनको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा मन्त्री बुढाले कृषि र पशुपालनलाई व्यावसायिक बनाउने तथा गरिबी निवारणका लागि नयाँ योजनाका साथ प्रदेश सरकार अगाडि बढेको बताए । प्रदेशका ११ जिल्लामा आफ्नो विशेषताअनुसार कृषि र पशुपालनको प्रवद्र्धन तथा विकास गर्ने खालका नयाँ कार्यक्रम ल्याउन गृहकार्य भइरहेको उनले जनाए ।

यसैबीच भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सामुदायिक तथा छाडा कुकुरको बन्धाकरण शिविर पनि सञ्चालन गरिएको छ । दुई दिनसम्म कुकुर बन्ध्याकरण शिविर सञ्चालन हुने जनाइएको छ । छाडा कुकुरको सङ्ख्या बढी भएकाले त्यसको नियन्त्रणका लागि शिविर सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रीय रिफिरल पशु चिकित्सालय काठमाडौँको विशेष टोलीमार्फत बध्याकरण शिविर सञ्चालन गरिएको हो । यसका लागि पशु सेवा विज्ञ केन्द्र र कुश्मा नगरपालिकाले सहकार्य गरेका छन् ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ११ : १५ बजे

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन

कलाकारको बुझाइ : राज्यले गणेशको हत्या गर्‍यो, सरकारको विकेट झर्‍यो

काठमाडौं– मुगुका गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर कलाकारहरू बालेन्द्र शाह