दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका थप १२ जनामा कोरोना संक्रमण « Khabarhub

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका थप १२ जनामा कोरोना संक्रमण


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार २७ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । त्यसक्रममा एकैदिन ६ पुरुष र ६ जना महिलालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । योसँगै उक्त नगरपालिकामा सक्रिय संक्रमितको संख्या ३६ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये २५ पुरुष र ११ जना महिला रहेका नगरपालिकाले जनाएको छ । सक्रिय संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् । हालसम्म नगरपालिकाका ९२ जनाको एन्टीजेन परीक्षण गरिएको जनाइएको छ । जिल्लामा पछिल्लोसमय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गएको पाइएको छ ।

जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोरोना संक्रमणको नियमित परीक्षणको व्यवस्था गर्न सकेका छैनन् । संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  २ : १३ बजे

हुरीबतासले उडाएका घर मर्मत गर्दै गाउँका युवाहरू

गोरखा– केही दिनअघि हुरीबतासले क्षतिग्रस्त बनाएका घरहरू गाउँले युवा मिलेर

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

म्याग्दी– सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी करिडोरको

प्रधानमन्त्री बालेनको ‘एक्सन’ : पहुँचका भरमा कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र

अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार

गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो

काठमाडौं– गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर