प्रधानमन्त्रीको सम्बोधनमा एमाले देखायो खोटैखोट « Khabarhub

प्रधानमन्त्रीको सम्बोधनमा एमाले देखायो खोटैखोट


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा गरेको सम्बोधन अप्राकृतिक र सत्तागठबन्धनको बोझबाट पूर्णतः ग्रस्त रहेको बताएका छन् ।

उनले सम्बोधनले कुनै स्पष्ट सन्देश र दिशा प्रदान गर्न नसकेको आरोप लगाए । मुलुक चरम आर्थिक, सामाजिक संकटमा फस्दै गएको अवस्थालाई देउवाको सम्बोधनले पूर्णतः उपेक्षा गरेको उनको आरोप छ ।

‘गम्भीर आर्थिक संकटबाट मुलुकलाई जोगाउन ठोस कार्ययोजना अघि प्रधानमन्त्री चुक्नु भयो । विगतको सरकारले अघि सारेका कामका परिणामलाई नै आफ्नो सरकारको उपलब्धिका रूपमा चर्चा गरेर भ्रम सिर्जना गर्ने कोसिस गरेको देखियो,’ उनले भने । गठबन्धन सरकारले अघि सारेको कार्ययोजनाको कुनै ठोस उपलब्धि देखाउन नसकिने उनले बताएका छन् ।

कोभिडको तेस्रो लहरको नियन्त्रण र रोकथाममा सरकार पुरै असफल भएको महासचिव पोखरेलको आरोप छ । ‘खोपलाई प्राथमिकतामा राखेको सरकार खोप कार्यक्रममा पूर्णतः अकर्मण्य र असफल देखिएको छ । १८ वर्ष मुनिका बालबालिकाको सुरक्षाप्रति सरकार संवेदनशील देखिएन,’ उनले भने ।

लाखौं मात्राको भ्याक्सिन हराएको गम्भीर र संवेदनशील सूचनाका बारेमा प्रधानमन्त्रीबाट मौनता साध्ने काम भएको पोखरेलको आरोप छ । अर्थ मन्त्रालयबाट भएको भनिएको नीतिगत भ्रष्टाचारका बारेमा कुनै चर्चा नगरी त्यसलाई स्विकार्नु देउवाको कमजोरी भएको पोखरेलले बताए ।

‘कूटनीतिक मामिलामा सरकार पुरै असम्वेदनशील र गैर जिम्मेवार देखिएको । कालापानी क्षेत्रमा भएका पछिल्ला अतिक्रमणकारी घटनाका बारेमा सरकार पुरै लाचार देखियो,’ उनी भन्छन् ।

आर्थिक, कूटनीतिलाई जोड दिनुपर्ने समयमा राजनीतिक पूर्वाग्रहका आधारमा राजदूत फिर्ता गरी प्रमुख विकास साझेदार चीनलगायतका मुलुकमा राजदूत नियुक्त गर्न उदासीन हुनु पनि आपत्तिको विषय भएको उनले बताएका छन् ।

स्थानीय तहको निर्वाचनको मितिका बारेमा निर्वाचन आयोगको सुझावलाई सम्बोधन गर्नबाटसमेत सरकार पन्छिएको उनले बताए ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ८ : ०३ बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये