आफ्नो मनलाई बहसमा राख्नुहोस् चाँडै चुरोटको लत छुट्छ « Khabarhub

आफ्नो मनलाई बहसमा राख्नुहोस् चाँडै चुरोटको लत छुट्छ


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वास्थ्यका लागि हानिकारक हो भन्ने थाहा हुँदा हुँदै पनि धेरैको लत हानिकारक नै हुन्छन् । मानिस स्वयमलाई विभिन्न लतमा फस्दा समस्या हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि त्यसबाट मुक्ति पाउन सकेका हुँदैनन् । त्यस्तै लतमध्येको एक हो चुरोट ।

शुरुमा रहररहरमै सेवन गरिने चुरोट जब लत बन्छ तब त्यसलाई छुटाउन निक्कै मुस्किल नै पर्छ । तर आफ्नो मनलाई बहसमा राख्न सके तत्काल चुरोट छोड्न सकिने चिकित्सकहरु बताउँछन् ।

यदी तपाईंपनि चुरोटको अम्मली हुनुहुन्छ र छोड्न चाहानुहुन्छ भने केहि कुरामा सम्झौता गर्नुहोस् । चाँडै तपाईंले चुरोट छोड्नुहुनेछ ।

सबैभन्दा पहिला चुरोट खाने मानिसबाट टाढा रहनुहोस् । तपाईंको बानी विस्तारै हट्दै जान्छ ।

चुरोटको तलतल लाग्दा चिया, कफी वा अन्य कुनै खानेकुरा खानुहोस् । जसले तपाईंलाई चुरोट बिर्साउँछ ।

चुरोट छोड्छु भन्ने विषयमा आफू प्रतिबद्ध हुनुहोस् । आफ्नो मानसपटलमा चुरोटको हानी के हो त्यसलाई राख्नुहोस् ।

अरुले चुरोट खाएको देखेर खाने तलतल लाग्छ भने केही टाढा बस्नुहोस् । चिया खाजा खान जाँदा ‘नो स्मोकिङ जोन’ भएको ठाउँमा जानुभयो भने चाँडै तपाईंको हातमा हुने चुरोटको ठूटो हट्ने निश्चित छ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १० : ४४ बजे

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर

मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई बुझाइयो

काठमाडौँ-  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी