रंगशाला निर्माणको काम तत्कालका लागि रोकियोः धुमुर्स–सुन्तली फाउण्डेसन « Khabarhub

रंगशाला निर्माणको काम तत्कालका लागि रोकियोः धुमुर्स–सुन्तली फाउण्डेसन


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य रोकिएको छ ।

बुधबार केही स्थानीयले निर्माणाधीन रंगशालाको सुरक्षाका लागि बारिएको जस्तापातामा डोजर लगाई भत्काएपछि धुर्मुस–सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य तत्कालका लागि रोकेको जानकारी दिएको हो ।

बुधबार राति विज्ञप्ति जारी गर्दै फाउन्डेसनले जोरजबरजस्ती भएका गतिविधिहरुबाट कार्यवातावरण, कर्मचारी, कामदारको जिऊ ज्यान र भौतिक सम्पत्तिको सुरक्षाको विषयमा खतरा र गम्भीर परिस्थितिको श्रृजना भएको हुँदा यसको स्थायी समाधान र कार्यवातावरण तयार नभएसम्मका लागि परियोजनाको कामकारवाही स्थगित गरिएको जनाएको छ ।

फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले जारी गरेको विज्ञप्तिमा परियोजनाको प्रारम्भदेखि नै कार्यवातवरणमा असहजता श्रृजना गराउने, विभिन्न अुनचित माग राख्ने र फाउण्डेसनका कर्मचारी तथा सहयोगीहरुलाई धम्काउने, त्रास देखाउने गतिविधिहरु भइरहँदा पनि चितवनवासीको आत्मसम्भ्मानमा चोट नपुगोस् भनेर यस्ता गतिविधिहरुलाई आफूहरुले सामान्य रुपमा लिएको उल्लेख गरेका छन् ।

धुर्मुसले डीपीआर पश्चात महानगर, एएफयु र फाउण्डेशन बसि उक्त पश्चिम तर्फको बाटको विषय तय गर्न लगाइएको अस्थायी बारबारेमा सुनियोजित रुपमा तयारीका साथ स्थानीयलाई भ्रामक दुष्प्रचार गरी समूहमा आई फाउण्डेसन प्रशासनले बारबेरको कार्य स्थगन गरी सकिएको अवस्थामा जोरजबरजस्ती गतिविधिहरु भएको जनाइएको छ ।

पश्चिम तर्फको अस्थायी बारबेरमा अराजकीय तरिकाबाट डोजर प्रयोग गरी तहसनहस बनाई ठूलो क्षति पु¥याइएको प्रति फाउण्डेसनले घोर भर्त्सना गरेको छ ।

रंगशालाको कार भत्काउने कार्यमा संलग्न १७ जनालाई बुधबार राति नै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ११ : ४४ बजे

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नत

बागलुङ– बागलुङ निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको छ

डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डडेल्धुरामा आजदेखि सुरु

ठगीको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीका नाममा ९७ लाख ५८ हजार ठगी गरेको