धुर्मुस–सुन्तलीले बनाउन लागेको रंगशालाको बार भत्काउने कार्यमा संलग्न १७ जना पक्राउ « Khabarhub

धुर्मुस–सुन्तलीले बनाउन लागेको रंगशालाको बार भत्काउने कार्यमा संलग्न १७ जना पक्राउ


१६ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको जस्तापाताको बार भत्काउने १७ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

बुधबार बिहान रंगशालाको बारमा डोजर चलाउने समूहको नेतृत्व गरेका प्रकाश कँडेलसहित १७ जनालाई चितवन प्रहरीले पक्राउ गरेको हो ।

निर्णाधीन रंगशाला भत्काउन डोजर चलाएपछि उनीहरुलाई प्रहरीले खाजी गरेको थियो । भत्काउने कार्यमा संलग्न उनीहरुलाई बुधबार राति नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ ।

जनताबाट लगानी जुटाइ नेपाली खेलकुदको विकासका लागि कलाकार द्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमीरे ‘सुन्तली’ ले नेपाली क्रिकेटको विकासलाई प्राथमिकतामा राख्दै रंगशाला निर्माण थालेका थिए ।

रंगशालाको बारबेर भत्काएपछि धुर्मुस सुन्तलि फाउन्डेसनका निर्देशक सिताराम कट्टेलले आपत्ति जनाएका थिए । उनले सामाजिक अभियान स्वरुप बनाउन लागिएको संचनामा स्थानीयको अवरोधले काम गर्न अफ्ठ्यारो हुने बताएका थिए ।

स्थानीयले विरोध जनाएपछि भावुक बनेका धुर्मुसले आफ्नो जीनको सबैभन्दा कारुणीक क्षण भएको उल्लेख गरेका थिए ।

यससँगै फाउन्डेशनले कर्मचारीको जीउ ज्यानको सुरक्षाको प्रत्याभूति र कार्यवातावरण नभएको भन्दै तत्कालका लागि रंगशाला निर्माणको काम रोकेको जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  १२ : ०२ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण