फ्यानको प्रश्न–मनीषालाई के भयो « Khabarhub

फ्यानको प्रश्न–मनीषालाई के भयो


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइराला एक समय बलिउडकी सुपरहिट अभिनेत्री थिइन् । मनीषा ९० को दशकमा सबैभन्दा सफल अभिनेत्री थिइन् । यद्यपि मनीषा केही समययतादेखि बलिउडबाट टाढिएकी छन् । बलिउडबाट टाढिए पनि सामाजिक सञ्जालमा उनको उपस्थिति सक्रिय छ ।

मनीषा आफ्नो फोटो र भिडियोमार्फत सामाजिक सञ्जालमा फ्यानसँग जोइिरहन्छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार हालैमात्र मनीषाले आफ्नो एक तस्वीर इन्स्टाग्राममा राखिन् । जुन तस्वीर झट्ट हेर्दा मनीषा नै हो भन्ने ठम्याउन गाह्रो पर्छ । कुनै समय सुन्दरताका कारण करोडौं दर्शकको मन जितेकी मनीषाको यो तस्वीर देखेपछि उनका फ्यानहरु दुःखी बनेका छन् । उनीहरु ‘मनीषालाई के भएको हो ?’ भनी प्रश्न सोधिरहेका छन् ।

तस्वीरमा मनीषा निकै कमजोर देखिएकी छन् । मनीषाले काठमाडौंको घरमा रहेको आफ्नो तस्वीर इन्स्टाग्राममा राखेकी हुन् । तस्वीरमा उनको घर निकै सुन्दर देखिएको छ ।

उनको तस्वीरमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । एक प्रयोगकर्ताले ‘फूलजस्तो अनुहारलाई के भयो ?’ भनी सोधेका छन् । अर्काले ‘आफ्नो ध्यान राख्नुहोस् मेम’ भनी लेखेका छन् ।

मनीषाले बलिउडमा ‘सौदागर’, ‘दिल से’, ‘बम्बे’, ‘मन’, ‘एक छोटी सी लव स्टोरी’, ‘संजू’, ‘गुप्त’, ‘१९४२ः ए लव स्टोरी’, ‘अकेले हम अकेले तुम’लगायतका फिल्ममा अभिनय गरेकी छन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : ४३ बजे

गृहमन्त्री गुरुङको ‘आक्रामक शैली’मा लागेको ब्रेक

काठमाडौं- सत्ता सम्हालेको केही दिनमै ‘हाइ प्रोफाइल’ व्यक्तिहरूलाई धमाधम पक्राउ

बुटवलमा जीतगढी विजय उत्सव सुरु (तस्बिरहरू)

काठमाडौं– बुटवलमा जीतगढी विजय उत्सव सुरु भएको छ । बुटवल

नेप्से १३ अङ्कले घट्यो

काठमाडौं– यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

निगम घेर्न गएका जेन-जीलाई प्रहरीले रोक्यो

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग

फिल्म नबिक्ने प्रकाशको त्यो डर 

काठमाडौं – नायक बनेका गायक प्रकाश सपुतका फिल्म लगातार फ्लप