वैज्ञानिक भन्छन्- आँखा हेरेरै मृत्युको भविष्यवाणी गर्न सकिन्छ « Khabarhub

वैज्ञानिक भन्छन्- आँखा हेरेरै मृत्युको भविष्यवाणी गर्न सकिन्छ


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – के तपाईले कसैको मृत्युबारे भविष्यबाणी गर्नु भएको छ ? सर्वसाधारणका लागि निश्चिय पनि यो जटिल कार्य हो। तर, वैज्ञानिकले भने मानिसको आँखा हेरेर उसको मृत्युको भविष्यवाणी गर्न सकिने बताएका छन्।

अस्ट्रेलियाका अनुसन्धानकर्ताले एउटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रम बनाउन सफल भएका छन् । जसका माध्यमबाट मानिसहरुको रेटिना हेरेर आयु भविष्यवाणी गर्न सकिन्छ।

यस्तो भविष्यवाणी रेटिनाको अध्ययनमा आधारित छ। यो अध्ययन कुनै पनि व्यक्तिको स्वास्थ्यबारे गहिरो अध्ययन गर्न चिकित्सकलाई ‘झ्याल’ को काम गर्ने दाबी गरिएको छ।

१९ हजार जनाको नेत्र कोषको अध्ययनपछि एआईले रेटिनाको आयु (रेटिन एज) भविष्यवाणी गर्न सफल भएको मेलबर्ननको सेन्टर फर आई रिसर्चले दाबी गरेको छ।

‘मृत्युको बढ्दो जोखिमसँग सम्बन्धित स्नायु रोग र भास्कुलर प्रणालीको रोगविज्ञान प्रक्रियाको अध्ययन गर्न रेटिनाको अध्ययनले अद्दितीय पहुँच प्रदान गरेको छ,’ अध्ययनका लेखक तथा युनिभर्सिटी अफ मेलबर्न एन्ड सेन्टर फर आई रिसर्चका प्राध्यापक डा. मिङगुाअङले भने।

अध्ययनमा युके बायोबैंकमा सहभागी ४० देखि ६९ वर्ष उमेर समूहका एक लाख ३० हजार मानिसहरुको रेटिनाको नमुना अध्ययन गरिएको थियो। न्युज कारखाना

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ११ : ०० बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद