सेयर बजारमा ७६ अंकको उतारचढाव « Khabarhub

सेयर बजारमा ७६ अंकको उतारचढाव


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीव्र उतारचढावकाबीच मंगलबारको सेयर बजार सूचक ५.९२ अंकले घटेर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८१४.७४ मा रोकिएको छ । सोमबार १०० अंकले घटेर २८२० रोकिएको सूचक मंगलबार कारोबार खुल्दा २८२७ मा पुगेको थियो ।

तर, नियमित कारोबार सुरु हुनासाथ बजार एकैपटक घटेर १५ मिनेटभित्र मंगलबारको न्यून बिन्दू २७८१ मा झर्यो । त्यसपछि बढ्ने र घट्ने तीव्र गति समाएको सूचकले मध्यान्तर (१ बजे) मंगलबारकै उच्च २८५७ अंकसम्म पुग्यो । त्यसपछि निरन्तर घट्दो ट्रेन समाएको बजारले बढ्ने कोसिस गरे पनि अन्तिम समयमा घटेरै बन्द भयो ।

मंगलबार बजार खुलेदेखि बन्द हुँदासम्म दिनभर ७६ अंकको उतारचढाव देखिएको छ । यसले बुधबार पनि बजारमा थप करेक्सन आउने संकेत गरेको छ । निरन्तर बढेको बजार आइतबारबाट ओरालो यात्रामा लागेको छ ।

आइतबार ११ अंकले घटेको बजार सोमबार १०० अंकले घट्यो भने मंगलबार सामान्य गिरावट देखियो । बुधबार बजारले सकारात्मक दिशा नपक्रिए नेप्से सूचकले केही दिनमा न्यून बिन्दूतिर पच्छाउने सम्भावना छ ।

लगानीकर्ताहरुमा देखिएको अस्थिरभाव छिटो कमाउने रणनीति वित्तीय बजारमा तरलता अभावको हौवा, स्थानीय चुनाव पर सार्ने आशयका समाचार, सूचीकृत कम्पनीहरुका अपेक्षाकृत वित्तीय विवरण नआएको जस्ता कारणले बजार घट्नलाई सहयोग पुर्याएको छ ।

चालू वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समय नजिकिँदै जाँदा सेयरसम्बन्धी प्रावधानलाई खुकुलो बनाउन केही लगानीकर्ताहरु बजार घटाउन लागीपरेका पनि आशंका गरिएको छ ।

मंगलबार कारोबार रकममा पनि तीव्र गिरावट आएको छ । सोमबार ८ अर्ब ८४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा मंगलबार ५ अर्ब ३९ करोड रुपैयाँमै खुम्चिएको छ । घट्दो बजारमा सोमबार तीव्र कारोबार वृद्धि भए पनि मंगलबार कारोबार रकम सम्हालिएको छ । यसले पनि लगानीकर्ताहरु अझै खरिदका लागि मौका आउने अपेक्षामा छन् ।

मंगलबार बजार सूचक घटाउन ऋणपत्र र म्युचुअल फण्डबाहेक १०२ कम्पनीले सहयोग गरेका छन् । यद्यपि सबैभन्दा बढी गोर्खाज फाइनान्सको ४.५८ प्रतिशत मूल्य घटेको छ । उता तीव्र उतारचढाव भएको बजारमा ६९ कम्पनी मूल्य बढाउने प्रयास जारी राखेका छन् ।

त्यसमध्ये सबैभन्दा बढी विइहान नेपाल लघुवित्तको १० प्रतिशत मूल्य बढेर सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरको पनि करिब १० प्रतिशतले नै मूल्य बढेको छ ।

यता मंगलबार कारोबार रकममा जलविद्युत कम्पनी र बिमा कम्पनीहरुमा उछाल आएको छ । सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्सको २६ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच हुँदा अपी पावर कम्पनीको २२ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ४ : ३७ बजे

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने