नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० | Khabarhub Khabarhub

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केन्द्रीय तथ्यांक विभागले गत मंसिरमा गरेको १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । जसअनुसार नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ ।

यो संख्यामा महिला संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष संख्या १ करोड ४२ लाख ९१ हजार ३११ छ । विभागका अनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०६८ को तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले उल्लेख गरेको छ ।

यसपटक वृद्धिदर ०.९३ प्रतिशत छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।

अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसङ्ख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ ।

सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । प्रदेशगतरुपमा मधेश प्रदेशको जनसङ्ख्या सबैभन्दा बढी छ भने कर्णाली प्रदेशको कम देखिएको छ ।

आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले नेपाल दुई करोड ९१ लाख नेपालीको प्यारो ढुकढुकी रहेको जनगणनाबाट देखिएकाले यस कार्यमा संलग्न सबैलाई धन्यवाद व्यक्त गरे।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले आफूहरुले नेपालको नयाँ नक्सामा समावेस लिपुलेक, कालापानी र लिम्पियाधुरामा पनि गणना गरिएको तथा विस्तृत विवरण आउन बाँकी रहेको बताए। पत्रकारको प्रश्नमा महानिर्देशक श्रेष्ठले छोरा र छोरीमा विभेद न्यून हुँदै गएको तथा छोरा पाउनकै लागि सन्तान बढाउने प्रवृत्ति अन्त्य हुँदै गएकाले पनि अपेक्षाकृतरुपमा जनसङ्ख्या बढ्न नसकेको हुन सक्ने जनाए।

नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको हो । वि.सं. २०६८ को जनगणनामा दुई करोड ६४ लाख ९४ हजार ५०४ जनसङ्ख्या रहेको थियो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ११ : ०३ बजे

विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु

झापा– विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने

महामन्त्री ढकालमाथि रास्वपाले थप कारबाही अघि बढाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले पनि जारी

अर्थसंक्षेप : वर्षासँगै बिजुली उत्पादन बढ्दै, सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

काठमाडौं– पछिल्लो सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट

राष्ट्रियसभामा विनियोजन विधेयकमा छलफल

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि को छलफल

एमालेले फिर्ता लियो सरकारको समर्थन, मन्त्रीहरूले राजीनामा बुझाउँदै

काठमाडौं- नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई