जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त « Khabarhub

जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला–जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । चन्दननाथ नगरपालिका–५का स्याउ किसान सरोज शाहीले यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताए ।

‘स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ । स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन,’ उनले भने, ’यतिबेलाको समयमा स्याउको स्यार नगरे गुणस्तर फल दिँदैन । रोग समेत लाग्ने डर हुन्छ ।’

जसका कारण समयमै स्याउ काँटछाट गर्न लागेको उनको भनाइ छ । उनले आफ्नो बगैँचामा तीन हजार २०० स्याउका बिरुवा लगाएका छन् । यस पटक १० टन जति स्याउ उत्पादन भएको थियो ।

जिल्लामा खासगरी पुसदेखि माघको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैंचा काँटछाट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्राविधिक कृष्ण कठायतले बताए । उनले भने, ‘जुम्लाको स्याउलाई गुणस्तरीय बनाउन आवश्यक छ ।’

यति बेला बगैँचा व्यवस्थापन मात्र नभई स्याउका गुणस्तर बिरुवा किनेर बगैंचा लगाउने समय हो । बिरुवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन् ।

खाडल खन्दा एउटादेखि अर्को स्याउको बिरुवासम्म छ मिटरको दूरी आवश्यक हुने कृषि बिकास कार्यालय जुम्लाका कार्यालय प्रमुख गणेश अधिकारीले बताए । उनले भने , ‘एक एक मिटर लम्बाई, चौडाई र गहिराइको खाडल खनेर सबैभन्दा तलको माटोलाई माथि र माथिल्लो भागको माटोलाई तल हाल्नुपर्ने हुन्छ ।’

उनका अनुसार स्याउको बगैंचा व्यवस्थापन गर्ने समय भएकाले कृषि प्राविधिकहरू गाउँगाउँका गएका छन । नयाँ बिरुवाका लगाउने किसानका लागि गुणस्तरीय बिरुवाको पहल भइरहेको छ ।

खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरुवा लगाउन उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । स्याउका बिरुवा लगाउँदा कृषि प्राविधिकको सल्लाहअनुसार स्याउका बिरुवा रोप्दा र समयमै बगैँचा व्यस्थापनमा गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने कृषि प्राविधिकहरूको भनाइ छ ।

त्यस्तै जुम्लामा यस वर्ष छ हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार यस वर्ष एक प्रतिशत घटेको छ । कार्यालय प्रमुख गणेश अधिकारीका अनुसार यस वर्ष ६ हजार १६० मेट्रिक टन स्याउ जुम्लामा फलेको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १ : ०० बजे

लुभुको जमिनमुनि ग्यास, पाक्छ निःशुल्कमा खाना

ललितपुर– ललितपुरको ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका–८ लुभु

मुटुमा प्वाल परेका टेम्पो चालकलाई यातायात मजदुर संगठनको ८९ हजार सहयोग

काठमाडौं- मुटुमा प्वाल परेको समस्याबाट सात महिनादेखि उपचाररत काठमाडौंका सफा

गन्यापधुरा आधारभूत अस्पताल सञ्चालन

डडेल्धुरा– डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएसँगै

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई