ताप्लेजुङमा सिटामोलको मौज्दात रित्तिदै « Khabarhub

ताप्लेजुङमा सिटामोलको मौज्दात रित्तिदै


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– विभिन्न जिल्लामा सिटामोल अभावको समाचार आइरहदा ताप्लेजुङमा पनि सिटामलको मौज्दात बारे अनुगमन गरिएको छ । अनुगमनका क्रममा यहाँका मेडिकल तथा अस्पतालहरूमा पनि सिटामोलको मौज्दात रित्तिन्दै गएको पाएको छ ।

अनुगमनका क्रममा अधिकांश मेडिकल पसलहरूमा सिटामोलको अभाव रहेको देखिएको छ । मंगलबार सदरमुकाम फुङ्लिङ बजारमा सञ्चालित आठ वटा औषधि पसल तथा मेटिकलहरूमा समितिले सिटामोलको मौज्दात बारे अनुगमन गरेको थियो ।

अधिकांश मेडिकल हलहरूमा शून्य, कुनैमा एक सयदेखि चार सय चक्कीसम्म सिटामोलको मौज्दात रहेको अनुगमन समितिका कार्यदल संयोजक सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले बताए । खपत बढी हुने भएकाले मौज्दात सिटामले माग धान्न सक्ने अवस्था नरहेको समितिले जनाएको छ ।

ताप्लेजुङ जिल्ला अस्पतालमा भने दुई लाख ६ हजारभन्दा बढी सिटामोल चक्की मौज्दात रहेको जिल्ला अस्पाताल ताप्लेजुङका सूचना अधिकारी विजया राईले बताइन ।अधिकांश सिटामल ६ महिनाको समयभित्र उपभोग गरिसक्नु पर्ने अवस्थाको रहेको जिल्ला अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालले जिल्लाभरका अन्य स्वास्थ्य संस्थाहरूमा समेत औषधि पठाउनु पर्ने भएकाले थप आपूर्ति नभए सिटामोल अभाव हुने अनुगमन समितिको निश्कर्ष छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १ : १५ बजे

लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन

सिरहा– यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा वडा

बढ्दै औलोको सङ्क्रमण

चितवन- चितवन जिल्लाका अस्पतालहरूमा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक

कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु

मुस्ताङ– कालिगण्डकी नदीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ

सुदूरपश्चिममा औलो सङ्क्रमण : निवारणको लक्ष्यप्राप्ति चुनौतीपूर्ण

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा औलोको ग्राफ पुनः बढ्न थालेको छ ।

यूएईविरुद्ध नेपाल ३७ रनले विजयी

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार भएको खेलमा