जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप, आठ गाडी तोडफोड, १९ राउण्ड अश्रुग्याँस प्रहार (भिडियोसहित) | Khabarhub Khabarhub

जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप, आठ गाडी तोडफोड, १९ राउण्ड अश्रुग्याँस प्रहार (भिडियोसहित)


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

राष्ट्रियसभा चुनावअन्तर्गत मधेश प्रदेशको मतदानस्थल महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानभित्र जनमत पार्टीका कार्यकर्ताहरूले बाँसको भाटा लिएर छिर्न खोज्दा झडप भएको हो ।

सुरक्षाकर्मीले भीडलाई तितर बितर पार्न केही सेल अश्रुग्याँस प्रहार गरेका छन् । जनमत पार्टीका कार्यकर्ताहरूले राष्ट्रियसभाको चुनावमा मतदान गर्न विभिन्न जिल्लाबाट आएका प्रदेश सांसद्, मेयर र उपमेयरका गाडीहरूलाई ‘निशाना’ बनाएर तोडफोड गरेका छन् । उनीहरूले जनता समाजवादी पार्टीका सांसद्हरू अशोक यादव, मनिष सुमन, नेत्रविक्रम साह, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइँलगायत सवार गाडी तोडफोड गरेका छन् ।

लाठीभाटासहित प्रदर्शन गरेका उनीहरूले जानकी मन्दिर, मुरली चौक, तिरहुतिया गाडीलगायत ठाउँमा गरी आठ वटा गाडी तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १९ राउण्ड अश्रुग्याँस प्रहार गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले खबरहबलाई जानकारी दिएका छन् । मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मल दिएपछि मात्र भोट खसाल्न पाइने भन्दै जनमत पार्टीले राष्ट्रियसभाको चुनावमा अवरोध पुर्‍याउन खोजेको हो । जनमत पार्टीले किसानले मलखाद पाउनुपर्नेलगायत ११ बुँदे माग राखी किसान आन्दोलन गर्दै आएको छ ।

https://www.facebook.com/watch/?v=252400183574528

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  २ : ०९ बजे

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशस्त

मनसुनको अवस्था अद्यावधिकः मधेशमा सरदरभन्दा कम वर्षा हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

बागमती – बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी

एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा अशोक थापा

काठमाडौं – नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको विशेष जिल्ला