मेची भन्सारद्धारा आयल निगम र गोर्खा टी इस्टेट सम्मानित « Khabarhub

मेची भन्सारद्धारा आयल निगम र गोर्खा टी इस्टेट सम्मानित


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर आज राजस्व संकलनमा सहयोग पुर्याउने संस्था र उत्कृष्ट पाँच कर्मचारीलाई सम्मान गरेको छ ।

सबैभन्दा बढी चिया निकासी गर्ने इलामको गोर्खा टि इस्टेट प्रालि र पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल आयल निगमलाई राजस्व संकलनमा योगदान पुर्याएबापत सम्मान गरिएको छ ।

त्यसैगरी मेची भन्सार एजेन्ट संघमा नितम पौडेल, मेची भन्सार कार्यालयका लेखापाल लक्ष्मीबहादुर रामदान, नायव सुब्बा लक्ष्मीप्रसाद गुरागाईं, कम्प्युटर अपरेटर अरुणकुमार साह र कार्यालय सहयोगी जयबहादुर राई सम्मानित भएका छन् ।

प्रमुख जिल्ला अधिकारी छवि रिजालले कदरपत्र र दोसल्लाले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा भन्सार विभागबाट सम्मानित कार्यालयका नायव सुब्बा प्रेम सुवाललाई समेत सम्मान गरिएको थियो ।

प्रदेश नं. १ सरकारको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा भन्सार प्रमुख केशवप्रसाद ओलीले भन्सार गतिविधिको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, झापा चेम्बर्स अफ कमर्सका कार्यबाहक अध्यक्ष ओम बिमली, मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ३ : २२ बजे

बाढीपहिरोबाट घाइतेको उपचारका लागि ढल्केबरमा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम– बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको

त्रिशूली ३ बीमा फसेकाका आफन्तको बिलौना : १३ दिन बितिसक्यो, उद्धार कार्यले गति लिएन

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा– प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका

बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्ध : जनजीवन प्रभावित

बाजुरा– शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा यहाँको जनजीवन