फुसको छाना हटाउने अभियानमा वडाध्यक्षको मनपरी « Khabarhub

फुसको छाना हटाउने अभियानमा वडाध्यक्षको मनपरी


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलस्थित एमाले वडा कमिटीले वडामा फुसको छाना हटाउने अभियानमा मनपरी भएको दावी गरेको छ । फुसको छाना हटाउने र जस्तापाताको छाना हाल्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सूचीकरणमा परेका ४१ लाभग्राहीमध्ये अधिकांशलाई रकम निकासा दिन आलटाल भइरहेको एमाले वडा कमिटीले जनाएको छ ।

एमाले वडा कमिटी अध्यक्ष नन्दकुमार तामाङले विज्ञप्ति जारी गर्दै सूचीकरणमा परेका लाभग्राहीलाई ओझेलमा पारेर निकासा दिन विभिन्न बहानावाजी गरिएको तर जस्ताको छाना हालिसकेका केही घरलाई रकम निकासा दिइएको दावी गरेका छन् । ‘फुसको छाना हटाउ’ अभियानको सूचीकरणमा नपरेका घरलाई जस्ताको छाना हाल्नकालागि रकम दिएको खुलासा भएको भन्दै एमाले वडा कमिटीले सो बारेमा छानविन गरी वास्तविक लाग्राहीलाई तत्काल जस्तापाता उपलव्ध गराउन ध्यानाकर्षण गराएको छ ।

तीन वर्षअघि बगाले-सिरुडाँडा-पारा सडक निर्माणका लागि १० लाख बजेट छुट्याइएको भए पनि उपभोक्ता समितिका अध्यक्ष रमेश राई र वडाध्यक्ष सन्तबीर तामाङले ७-८ लाखको काम गरेर बाँकी रकमको काम हालसम्म नगरेको एमाले वडा कमिटिका अध्यक्ष तामाङले बताए । बाँकी रकमको काम गर्न/गराउन पालिकामा कबुलियतनामा गरे पनि सो अनुसार काम नगरिएको भन्दै विज्ञाप्तीमा ध्यानाकर्षण गराइएको छ।

एमाले वडा कमिटिले अर्थमन्त्रालयको गत २५ कात्तिक र ऐसेलुखर्क गाउँपालिकाको २० पुसको पत्र अनुसार वडाका विपन्न परिवारलाई समावेसी र समान किसिमले कोभिड राहत वितरण गर्न माग गरेको छ । अर्थमन्त्रालय र गाउँपालिकाको पत्र अनुसार हालसम्म वडाबासीलाई सूचना नदिइ कोभिड राहत वितरणमा हालटाल भइरहेको एमालेको आरोप छ ।

बादेल–बिस्काम जोड्ने सडक जोड्नका लागि आर्थिक वर्ष २०७७/०७८ मा संघीय संसद विकास कोषबाट १० लाख विनियोजन गरिए पनि वडाध्यक्ष तामाङले सिफारिस नदिँदा सो काम हुन नसकेको उल्लेख गर्दै एमाले वडा कमिटीले सो सडकलाई चालु आर्थिक वर्षभित्रै जोड्नका लागि विचार–विमर्श गर्न गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ९ : ४६ बजे

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण