पाकिस्तानमा इस्लामिक कट्टरपन्थीद्धारा हिन्दु मन्दिर तोडफोड « Khabarhub

पाकिस्तानमा इस्लामिक कट्टरपन्थीद्धारा हिन्दु मन्दिर तोडफोड


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्ध – इस्लामिक कट्टरपन्थीहरूले पाकिस्तानको सिन्ध प्रान्तको थारपार्कर जिल्लाको खत्री मोहल्लामा रहेको हिंगलाज माता मन्दिर तोडफोड गरेका छन्। पाकिस्तानमा हिन्दु मन्दिरहरूमाथि लगातार भइरहेको आक्रमणको पछिल्लो निशानामा हिंगलाज माताको मन्दिर परेको हो।

हिंगलाज माताको मन्दिरको निर्मा‍ण र सञ्चालन पाकिस्तानमा रहेका हिन्दु समुदायले आफ्नै आर्थिक सहयोगबाट गरिरहेका थिए । समाचार एजेन्सी एनआइका अनुसार पाकिस्तानमा विगत २२ महिनामा हिन्दु तीर्थस्थलमा लक्षित गरी भएको यो ११औँ आक्रमण हो ।

पाकिस्तान हिन्दु मन्दिर व्यवस्थापनका अध्यक्ष कृष्ण शर्माले घटनास्थलमै पुगेर सञ्चारमाध्यमसँग इस्लामवादी कट्टरपन्थीलाई नियन्त्रण गर्न पाकिस्तानी सर्वोच्च अदालत र सरकारसमेत मौन बस्ने गरेको बताए।

शर्माले इमरान खानको सरकारले नाम मात्रको अल्पसङ्ख्यकको धार्मिक स्थलहरूमा नाम मात्रको सुरक्षा दिइरहेको बताए । हिन्दुको पवित्र मन्दिरमाथि भएको तोडफोडको घटनालाई लिएर पाकिस्तानका हिन्दु समुदाय आक्रोशित भएका छन् ।

त्यस्तै स्थानीय हिन्दु नेताहरूले यस विषयमा विरोध र्‍याली समेत निकालेका छन्।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  १० : ४९ बजे

निजी क्षेत्रको मनोबल माथि उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

नवलपुर– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक

रजनीकान्तको जेलर २ सिक्वेलमा विद्या बालन अनुबन्धित

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म जेलर बक्स अफिसमा ठूलो

चितवन पुगे रवि, सडकमार्गबाट भैरहवा लगियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै

खुला केन्द्रीय सदस्यमा मात्रै उठेर जित्ने पोखरेल पक्षका एक्ला नेता झपट रावल

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली झन्

एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको