अमेरिकामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघ्यो « Khabarhub

अमेरिकामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघ्यो


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राज्य अमेरिकामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघेको छ।

अहिलेसम्म ७ करोड ४६ लाखमा कोरोना पुष्टि भएको अमेरिकामा मात्रै कोरोनाले ९ लाख २ हजार २८ जनाको मृत्यु भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ।

गत २४ घण्टामा मात्रै २ हजार ५ सय ७७ जनाको मृत्यु भएको हो। यस्तै २४ घण्टामा ४ लाख ६१ हजार नयाँ सङ्क्रमित थपिएका छन्।

यस्तै १ लाख ८६ हजार सङ्क्रमण मुक्त भएसँगै अमेरिकामा मात्रै कोरोना जित्नेको सङ्ख्या ४ करोड ५६ लाख नाघेको छ।

अमेरिकामा अझै पनि २ करोड ८१ लाख ५० हजार सक्रिय सङ्क्रमित रहेकामा २५ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था रहेको वल्डोमिटरले उल्लेख गरेको छ। अमेरिकामा अहिलेसम्म ८९ करोड ४० लाखको कोरोना परीक्षण भएको छ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ९ : ०२ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक