अमेरिकामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघ्यो « Khabarhub

अमेरिकामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघ्यो


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राज्य अमेरिकामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघेको छ।

अहिलेसम्म ७ करोड ४६ लाखमा कोरोना पुष्टि भएको अमेरिकामा मात्रै कोरोनाले ९ लाख २ हजार २८ जनाको मृत्यु भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ।

गत २४ घण्टामा मात्रै २ हजार ५ सय ७७ जनाको मृत्यु भएको हो। यस्तै २४ घण्टामा ४ लाख ६१ हजार नयाँ सङ्क्रमित थपिएका छन्।

यस्तै १ लाख ८६ हजार सङ्क्रमण मुक्त भएसँगै अमेरिकामा मात्रै कोरोना जित्नेको सङ्ख्या ४ करोड ५६ लाख नाघेको छ।

अमेरिकामा अझै पनि २ करोड ८१ लाख ५० हजार सक्रिय सङ्क्रमित रहेकामा २५ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था रहेको वल्डोमिटरले उल्लेख गरेको छ। अमेरिकामा अहिलेसम्म ८९ करोड ४० लाखको कोरोना परीक्षण भएको छ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ९ : ०२ बजे

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार