मंगल ग्रहमा यसअघि अनुमान गरेभन्दा पहिले नै पानीको संकेत भेटिएको नासाको दाबी « Khabarhub

मंगल ग्रहमा यसअघि अनुमान गरेभन्दा पहिले नै पानीको संकेत भेटिएको नासाको दाबी


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– मंगल ग्रहमा यसअघि अनुमान गरिएभन्दा पहिल्यै पानीको संकेत भेटिएको वैज्ञानिकहरुले बताएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार रातो ग्रहसमेत भनेर चिनिने मंगल ग्रहमा दुई अर्बदेखि साढे दुई अर्बभन्दा अगाडि नै पानी रहेको प्रमाण भेटिएको वैज्ञानिकहरुले बताएका हुन् ।

यसअघि मंगल ग्रहमा ३ अर्ब वर्षअघि नदी र तालहरु भएको प्रमाण भेटिएको वैज्ञानिकहरुले दाबी गरेका थिए । ग्रहको वायुमन्ड पातलो हुँदै जाँदा पानी बाफ बनेको र जमेको मरुभूमि बनेको थियो । मंगल ग्रहमा भएको प्रारम्भिक पानीको ३० देखि ९९ प्रतिशत पानी खनिजभित्र ‘फँसेको’ थियो ।

मंगल ग्रहको व्यास चार हजार २२० माइल्स (६,७९१ किलोमिटर) छ । जबकी पृथ्वीको व्यास सात हजार ९२६ माइल्स (१२ हजार ७५५ किलोमिटर) छ ।

नासाको मार्स रिकोननाइसेन्स अर्बिटर (एनआरओ) अनुसार मंगलमा भएको जेरो क्रेटरमा प्राचीन नदी रहेको र त्यसले मंगल ग्रहमा जीवनको अस्थित्व रहेको संकेत गर्छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १२ : ३५ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै