मंगल ग्रहमा यसअघि अनुमान गरेभन्दा पहिले नै पानीको संकेत भेटिएको नासाको दाबी | Khabarhub Khabarhub

मंगल ग्रहमा यसअघि अनुमान गरेभन्दा पहिले नै पानीको संकेत भेटिएको नासाको दाबी


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– मंगल ग्रहमा यसअघि अनुमान गरिएभन्दा पहिल्यै पानीको संकेत भेटिएको वैज्ञानिकहरुले बताएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार रातो ग्रहसमेत भनेर चिनिने मंगल ग्रहमा दुई अर्बदेखि साढे दुई अर्बभन्दा अगाडि नै पानी रहेको प्रमाण भेटिएको वैज्ञानिकहरुले बताएका हुन् ।

यसअघि मंगल ग्रहमा ३ अर्ब वर्षअघि नदी र तालहरु भएको प्रमाण भेटिएको वैज्ञानिकहरुले दाबी गरेका थिए । ग्रहको वायुमन्ड पातलो हुँदै जाँदा पानी बाफ बनेको र जमेको मरुभूमि बनेको थियो । मंगल ग्रहमा भएको प्रारम्भिक पानीको ३० देखि ९९ प्रतिशत पानी खनिजभित्र ‘फँसेको’ थियो ।

मंगल ग्रहको व्यास चार हजार २२० माइल्स (६,७९१ किलोमिटर) छ । जबकी पृथ्वीको व्यास सात हजार ९२६ माइल्स (१२ हजार ७५५ किलोमिटर) छ ।

नासाको मार्स रिकोननाइसेन्स अर्बिटर (एनआरओ) अनुसार मंगलमा भएको जेरो क्रेटरमा प्राचीन नदी रहेको र त्यसले मंगल ग्रहमा जीवनको अस्थित्व रहेको संकेत गर्छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १२ : ३५ बजे

इजरायलले आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने

तेहरान – इरानले आफूमाथि भएको आक्रमण नरोकिएसम्म आणविक वार्ता नहुने

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं – अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको सटही

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार