बेलायतमा बसोबासका लागि ७ लाख ५० हजारले दिए आवेदन | Khabarhub Khabarhub

बेलायतमा बसोबासका लागि ७ लाख ५० हजारले दिए आवेदन


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– बेलायत बसोबासका यूरोपेली संघ (ईयू) सदस्य राष्ट्रका ७ लाख ५० हजार बढी नागरिकले आवेदन दिएका छन् ।

सन् २०१९ को शुरूको चार महिनाको अवधिमा यो संख्यामा बसोबासका लागि आवेदन परेको बिहीबार सार्वजनिक बेलायतको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।

बेलायत सरकारले इयूबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सँगै करिब ३८ लाख इयू नागरिकले स्थायीरूपमा बेलायत बसोबास गर्नका लागि आवेदन गर्ने देखिएको बताएको छ । गत जनवरीमा सार्वजनिकरूपमा आएका हल्ला र अनुरोधप्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्री टरिजा मेले यदि उनकै शब्दमा ‘सम्झौताहीन बहिर्गमन’ लागू भएमा बेलायतले स्थायी बसोबासको आवेदन दिँदा दिँदै आएको ६५ यूरो बराबरको शुल्कको व्यवस्था खारेज गरिएको बताएकी थिइन् ।

बेलायती आन्तिरिक मामिला मन्त्रालयले दिएको जानकारी अनुसार यसरी आवेदन दिनेहरूमा सबैभन्दा बढी पोल्याण्डका एक लाख तीन हजार नागरिक रहेका छन् भने ९० हजार रोमानियाली र ७१ हजार इटालियाली नागरिक रहेको जनाइएको छ ।

यसरी आवेदन दिने नागरिकमा पोर्चुगाली तथा स्पेनी नागरिक चौँथो र पाँचौँ स्थानमा रहेका बताइएको छ ।  सन् २०१६ मा ब्रेक्जिटको पक्षमा मतदान गरेका पोल्याण्ड तथा रोमानिया लगायतका मुलुकका आप्रबासीको बेलायत बस्ने इच्छालाई सम्बोधन गर्दा आउनसक्ने आर्थिक ब्यवधानप्रति विभिन्न कोणबाट चिन्ता व्यक्त पनि हुने गरेका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ७ : ४२ बजे

आज देशभर मौसम सफा रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको

एमाले केन्द्रीय कमिटी बैठक: केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

सामूहिक फूलखेतीमा महिला

तनहुँ – यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन्।

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा