बाइडेनप्रति मस्कको टिप्पणीः राष्ट्रपतिले अमेरिकी जनतालाई मूर्खजस्तो व्यवहार गरिरहेका छन् « Khabarhub

बाइडेनप्रति मस्कको टिप्पणीः राष्ट्रपतिले अमेरिकी जनतालाई मूर्खजस्तो व्यवहार गरिरहेका छन्


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– अमेरिकामा विद्युतीय सवारी साधनहरुको भविष्यबारे गरिएको एउटा पोस्टमा टेस्लाको नाम छुटाएपछि अमरिकी अर्बपति तथा विद्युतीय गाडी निर्माण कम्पनी टेस्लाका मालिक एलन मस्कले अमेरिकी राष्ट्रपति जोन बाइडेनको कडा आलोचना गरेका छन् ।

एउटा ट्विटर पोस्टमा राष्ट्रपतिले विद्युती सवारी निर्माता टेस्लाको नाम उल्लेख नगरेपछि मस्क उनीसँग रिसाएका हुन् । ‘जीएम र फोर्ड जस्ता कम्पनीले स्वदेशमा यसअघि भन्दा धेरै विद्युतीय सवारी निर्माण गरिरहेका छन्,’ बाइडेनले भनेका थिए ।

अमेरिकामा भविष्यमा विद्युतीय गाडीबारे बाइडेनको ट्विटलाई जबाफ दिने क्रममा मस्कले टेस्ला अक्षरलाई क्यापिटल लेटरमा लेखेका छन् । अर्को एउटा ट्विटमा मस्कले लेखेका छन्, ‘बाइडेन मानवको रुपमा एउटा कठपुतली हुन् ।’

मस्कले यो पनि भनेका छन्, ‘बाइडेनले अमेरिकी जनतालाई मूर्खजस्तो व्यवहार गरेका छन् ।

आफ्ना प्रतिद्वन्द्वी कार कम्पनी जनरल मोटर्स र फोर्ड मोटर्सका कार्यकारीलाई बाइडेनले भेटेपछि मस्कका भनाई आएका हुन् । बाइडेन प्रशासनको बिल्ड ब्याक बेटर विद्येयकमा छलफल गर्न यसअघि राष्ट्रपति बाइडेनले जनरल मोटर्स र फोर्डका सीइओहरुलाई राष्ट्रपति निवास ह्वाइटहाउसमा बोलाएका थिए ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  २ : २५ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका