पेट ढुस्स तथा अपच भएमा यस्तो छ घरेलु उपचार « Khabarhub

पेट ढुस्स तथा अपच भएमा यस्तो छ घरेलु उपचार


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

-१५-२० वटा तुलसीका पातलाई पानीमा उमालेर थोरै बिरेनूनसँग खानाले फाइदा गर्छ ।

-६-७ वटा पुदिनाका पातलाई पानीमा केही बेर राखी पात चपाएर पानी समेत पिउनाले पेट ढुस्स भएमा ठिक हुन्छ ।

-एक-एक चम्चा अलैँची र सुपको दानामा एक टुक्रा अदुवा राखी एक गिलास पानीमा उमालेर पिउनाले वा सोही मिश्रणलाई पिसेर एक एक चम्चाको दरले खाने गरेमा पेट ढुस्स भएको ठिक हुन्छ ।

साथै थोरै हिङ एक एक चम्चा सुकेको अदुवा र अलैँचीमा ठिक मात्रामा वीरेनूनसँग पिसेर एक-एक चम्चाको दरले पानीसँग खानाले अपच भएमा ठिक हुन्छ ।

-कागती र अदुवालाई साना टुक्रा पारेर नूनसँग मिलाएर खानाले राम्रो फाइदा गर्छ । साथै अपच भएर अमिलो डकार आएमा चिल्लो पीरोको साथै सुख्खा चीज भात रोटीलाई कम गरी प्रशस्त मात्रामा मेवाको प्रयोग गर्नाले राम्रो फाइदा गर्छ ।

-तीनचार चम्चा ज्वानोलाई कागतीको रससँग भिजाई छायाँमा सुकाउने र पुरै सुकेपछि यसमा अलिकति बीरेनून मिलाई दिनको तीनचार चोटि तातोपानीसँग चपाएर खानाले राम्रो फाइदा गर्छ । तर यो बेला पिरो, अमिलो, चिल्लो र माछामासु भने खानु हुँदैन ।

-जीरा, मरिचको दानामा अदुवाको सानो टुक्रा मिसाएर पिसी पानीमा उमाल्ने र दिनको दुई तीन चोटि खानाले पेट फुलेको ठिक हुन्छ ।

-अमिलो डकार आएमा चिल्लो, पिरो, अमिलोको साथै सुख्खा खानेकुरा भात रोटी कम गरी प्रशस्त मात्रामा मेवाको प्रयोग गर्नाले राम्रो फाइदा गर्छ ।

साभार  :‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : ४७ बजे

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन