पेट ढुस्स तथा अपच भएमा यस्तो छ घरेलु उपचार « Khabarhub

पेट ढुस्स तथा अपच भएमा यस्तो छ घरेलु उपचार


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

-१५-२० वटा तुलसीका पातलाई पानीमा उमालेर थोरै बिरेनूनसँग खानाले फाइदा गर्छ ।

-६-७ वटा पुदिनाका पातलाई पानीमा केही बेर राखी पात चपाएर पानी समेत पिउनाले पेट ढुस्स भएमा ठिक हुन्छ ।

-एक-एक चम्चा अलैँची र सुपको दानामा एक टुक्रा अदुवा राखी एक गिलास पानीमा उमालेर पिउनाले वा सोही मिश्रणलाई पिसेर एक एक चम्चाको दरले खाने गरेमा पेट ढुस्स भएको ठिक हुन्छ ।

साथै थोरै हिङ एक एक चम्चा सुकेको अदुवा र अलैँचीमा ठिक मात्रामा वीरेनूनसँग पिसेर एक-एक चम्चाको दरले पानीसँग खानाले अपच भएमा ठिक हुन्छ ।

-कागती र अदुवालाई साना टुक्रा पारेर नूनसँग मिलाएर खानाले राम्रो फाइदा गर्छ । साथै अपच भएर अमिलो डकार आएमा चिल्लो पीरोको साथै सुख्खा चीज भात रोटीलाई कम गरी प्रशस्त मात्रामा मेवाको प्रयोग गर्नाले राम्रो फाइदा गर्छ ।

-तीनचार चम्चा ज्वानोलाई कागतीको रससँग भिजाई छायाँमा सुकाउने र पुरै सुकेपछि यसमा अलिकति बीरेनून मिलाई दिनको तीनचार चोटि तातोपानीसँग चपाएर खानाले राम्रो फाइदा गर्छ । तर यो बेला पिरो, अमिलो, चिल्लो र माछामासु भने खानु हुँदैन ।

-जीरा, मरिचको दानामा अदुवाको सानो टुक्रा मिसाएर पिसी पानीमा उमाल्ने र दिनको दुई तीन चोटि खानाले पेट फुलेको ठिक हुन्छ ।

-अमिलो डकार आएमा चिल्लो, पिरो, अमिलोको साथै सुख्खा खानेकुरा भात रोटी कम गरी प्रशस्त मात्रामा मेवाको प्रयोग गर्नाले राम्रो फाइदा गर्छ ।

साभार  :‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : ४७ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको