सरकारले आयोगसँग छलफल गरी निर्वाचनको मिति तोक्नुपर्छ: शेखर कोइराला « Khabarhub

सरकारले आयोगसँग छलफल गरी निर्वाचनको मिति तोक्नुपर्छ: शेखर कोइराला


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले निर्वाचन आयोगसँग छलफल गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।

निर्वाचन आयोगको तयारीबारे छलफल गरी सरकारले निर्वाचनको मिति तय गर्नुपर्ने नेता कोइरालाको सुझाव छ ।

सरकारले निर्वाचनबारे सत्ता गठबन्धनसँग नभइ निर्वाचन आयोगसँग छलफल गर्नुपर्ने उनले सुझाए ।

विराटनगरस्थित कोइराला निवासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सरकारले आवश्यकता अनुसार सही तरिकाले काम गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘ऐन-कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुन्न । गठबन्धन दलसँग भन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुन्छ ।’

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ३ : ३३ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको