प्रथम राष्ट्रिय बाँस सम्मेलन आयोजना गरिँदै « Khabarhub

प्रथम राष्ट्रिय बाँस सम्मेलन आयोजना गरिँदै


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुनमा ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ को आयोजना गर्ने भएको छ । सम्मेलनलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम तय गरिएको छ ।

बाँसको उपयोगिता, सम्भाव्यता, प्रभावकारिता र बजारीकरणका लागि आगामी फागुन १५, १६ र १७ गते दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानमा आयोजना गर्न लागिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम तय गरिएको हो ।

कोशी प्रदेशमा पुस–१४ गते, मधेश प्रदेशमा पुस–१५ गते, बागमती प्रदेशमा पुस–१६ गते र गण्डकी प्रदेशमा पुस–१७ गते प्रदेशस्तरीय कार्यक्रम गर्ने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । ‘नेपालको इतिहासमा पहिलो पटक दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन गर्न लागिएको छ । सम्मेलनमा देश–विदेशका बाँसविज्ञ तथा व्यवसायी सहभागी हुनेछन्’, उनले भने, ‘तीन दिनसम्म सञ्चालन हुने राष्ट्रिय बाँस सम्मेलनलाई प्रभावकारी बनाउन प्रदेशस्थरीय कार्यक्रम बनाएका छौँ । छुटेका प्रदेशमा जुम प्रविधिबाट कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।’

नगरप्रमुख भट्टराईको अध्यक्षतामा हुने प्रदेशस्तरीय कार्यक्रम अन्तरगत कोशी प्रदेशमा सहारा नेपाल, मधेश प्रदेशमा डिभिजन वन कार्यालय र धनुषाधाम जनकपुर तथा बागमती र गण्डकी प्रदेशमा अर्थ मन्त्रालयको व्यवस्थापन र संयोजनमा कार्यक्रम हुने जनाइएको छ । प्रदेशस्तरीय कार्यक्रममा बाँस विज्ञ, सरोकारवाला, सरकारी तथा गैरसरकारी निकाय, शैक्षिक सङ्घसंस्था तथा बाँसको क्षेत्रमा काम गरिरहेका व्यापारी, व्यवसायी र काम गर्ने बाँसकर्मीको सल्लाह, सुझाव र चुनौति सुनेर योजना बनाइने नगरप्रमुख भट्टराईले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गर्न लागिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनका लागि नगरपालिकाले पाँच लाख बजेटसमेत व्यवस्थापन गरेको जनाइएको छ । बाँस क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाले ४२ लाख बराबरको सम्मेलनलाई आवश्यक पर्ने जिन्सी सामग्री उपलब्ध गराउने निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताए ।

राष्ट्रिय बाँस सम्मेलनमा स्टल राख्न १५ जिल्लाबाट प्रस्ताव आइसकेको जनाइएको छ । राष्ट्रिय बाँस सम्मेलनाई सरकारी तथा गैर–सरकारी निकायका एक सय, वन उपभोक्ता समूहका एक सय, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका ५० जना र हजारौँ विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको नगरउपप्रमुख विशन राईले जानकारी दिए ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अत्याधिक मात्रामा ढुङ्ग्रे र भालु बाँससहित चोया बाँस, वन बाँस, करौती बाँस, मालिङ्गो बाँस, सिँगानो बाँस, निगाँलो बाँस, मुक्तियाली लगायत १३ किसिमका बाँस पाइने गरेका छन् ।

नगरपालिकाको आयोजनामा बाँस सम्मेलन हुने भएपछि बाँससम्बन्धी उद्योग सञ्चालन गर्दै आएका स्थानीय बासिन्दा एवम् उद्यमी हर्षित भएका छन् ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ७ : २६ बजे

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग