यी हुन् कलेजो बिग्रिएको थाहा पाउने ५ संकेत « Khabarhub

यी हुन् कलेजो बिग्रिएको थाहा पाउने ५ संकेत


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलेजो शरीरको छालाभन्दा दोस्रो ठुलो अंग हो । अन्य अंगहरु जस्तै कलेजो पनि शरीरको महत्त्वपूर्ण अंग हो । कलेजोले काम गर्न छोडे मानिसको मृत्यु हुन्छ ।

कलेजोको सम्बन्ध पाचन प्रक्रियासँग हुन्छ । यसले शरीरमा भएको विष वा विभिन्न रसायनलाई फिल्टर गरी पित्त उत्पादन गर्छ र दिसा र पिसाबको रुपमा बाहिर फाल्छ । यस बाहेक कलेजोका अन्य धेरै कामहरु छन् । तर शरीरको यति महत्त्वपूर्ण कलेजोमा समस्या आयो भने शरीरमा विभिन्न संकेत देखा पर्दछ । जसको तत्काल उपचार गराइहाल्नुपर्छ ।

यी हुन् कलेजोमा समस्या हुँदा शरीरमा देखिने संकेत :

खाना मिठो नलाग्नु
खान मन लाग्दालाग्दै कुनै पनि खानाको स्वाद थाहा हुँदैन। बारम्बार स्वाद फरक लाग्छ र मुखबाट अर्कै गन्ध आउँछ।

रगत बान्ता हुनु
कलेजोको समस्या बढ्दै गयो भने रगत बान्ता हुन थाल्छ । बान्तामा रगतको छिर्का देखियो भने कलेजोको समस्या हुनसक्छ ।

– हातखुट्टा सुन्निने
कलेजो अस्वस्थ हुँदा हातखुट्टा सुन्निन थाल्छ । पेटभन्दा तल पनि सुन्निएको महसुस हुन्छ । यदि हात गोडा धेरै सुन्नियो भने कलेजोमा समस्या भएको हुनसक्छ ।

– छाला पहेँलो हुँदै जानु
कलेजोमा समस्या आए शरीरका छालाहरू पहेँलो हुँदै जान्छ । आँखा पनि पहेँलो हुँदै जान्छ । पिसाबमा पनि पहेँलोपना बढ्दै जान्छ । यस्तो भए कलेजोको समस्या हुनसक्छ ।

कमजोरी
परिश्रम नगरी बारम्बार थकान र कमजोरी महसुस हुने, निन्द्रा कम लाग्ने भयो भने पनि कलेजोको समस्या हुनसक्छ ।

यी र त्यस्ता कुनै पनि लक्षणहरू देखिए तुरुन्त उपचार थाल्नु पर्छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ७ : ४८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना