पीएम कपमा आज २ खेल हुँदै | Khabarhub Khabarhub

पीएम कपमा आज २ खेल हुँदै


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) २ खेल हुदैछन् । प्रतियोगिता अन्तर्गत प्रदेश १ र कर्णाली प्रदेशबीचको खेल कीर्तिपुर मैदानमा हुनेछ । त्यस्तै आजै हुने सशस्त्र प्रहरीको टीम एपीएफ र गण्डकी प्रदेशबीच खेल मुलपानी क्रिकेट मैदानमा हुने छ ।

समुह बीको खेलमा कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिसकेको छ । अघिल्लो चरणको प्रवेशको गणितिय सम्भावना बोकेको प्रदेश नम्बर १ प्रतियोगिताको तेस्रो खेल खेल्दैछ । पहिलो खेल पुलिससँग गुमाएको कर्णालीले दोस्रोमा त्रिभुवन आर्मी क्लब र तेस्रो खेलमा प्रदेश नम्बर २ सँग पराजित भएको थियो ।

प्रदेश १ पहिलो खेलमा आमीं र दोस्रो खेलमा पुलिससँग पराजित भएको थियो । समुह बीमा प्रदेश १ भने २ खेलमा अंकबिहीन हुँदै चौथो र कर्णाली पाँचौ स्थानमा छन् ।

मुलपानी मैदानमा हुने खेलमा एपीएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्लो चरण प्रवेशको बलियो सम्भावना बनाएको एपएिफले प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको गण्डकीसँग प्रतिस्पर्धा गर्न लागेको हो । गण्डकी पहिलो खेलमा प्रदेश नम्बर ३ सँग पराजित भएको थियो ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ८ : ३४ बजे

सर्लाहीमा स्कुल बसले किच्दा बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको ब्रह्मपुरीमा स्कुल बसले किचेर आज एक बालिकाको

वारेस राख्न माधव नेपाललाई विशेष अदालतले दिएन अनुमति

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई वारेसमार्फत मुद्दा लड्न

सात महिनादेखि अलपत्र गौरीघाट पुलले भक्तजनलाई समस्या

काठमाडौं – पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरी मन्दिर जाने पुल नबन्दा

आजका समाचार : कांग्रेसमा किचलोले प्रदेशमा अस्थिरता, हायु परिवारका १६ जना गायब र थाइल्याण्ड-कम्बोडिया युद्धविराम

कांग्रेसमा किचलो बढ्दा प्रदेशमा अस्थिरता, आफ्नै सरकार ढाल्न जोडबल‘म्याजिक नम्बर’

अनुगमन गरेर फर्किएका कृषि विभागका महानिर्देशकलाई प्रश्न : कस्तो रहेछ मधेसको अवस्था ?

काठमाडौं– तराई-मधेसमा लामो समयसम्म पानी नपरेपछि सरकारले साउन ७ गते