मृगौला पीडित प्रहरी जवानलाई ट्राफिक प्रहरीको पौने चार लाख सहयोग « Khabarhub

मृगौला पीडित प्रहरी जवानलाई ट्राफिक प्रहरीको पौने चार लाख सहयोग


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुवै मृगौला फेल भई उपचारर्थ प्रहरी जवान मधु खत्रीलाई महानगरीय ट्राफिक महाशाखाले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत खत्रीको दुवै मृगौला फेल भएर उपचारमा खर्च जुटाउन असहज भईरहेको अबस्थामा ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेशराज जोशीको विशेष सक्रियतामा संकलित तीन लाख सतहत्तर हजार पाँचसय नब्बे रुपैयाँ सहयोगस्वरूप रकम हस्तान्तरण गरेको हो ।

गुल्मीको ईस्मा–४ स्थायी घर भई बागबजार बस्ने प्रहरी जवान खत्रीको उपचारमा हुने आर्थिक अभावलाई सहयोग गर्न उपत्यकामा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरूले स्वस्फुर्त रूपमा सहयोग रकम संकलन गरेका हुन् ।

दुबै मृगौलाले काम गर्न छोडेपछि नेपाल प्रहरीलगायतका अस्पतालहरूमा डाइलेसिस एव उपचारार्थ खत्रीको स्वास्थ्य अवस्था खस्कँदै गएको छ । आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारका लागि हामीले आर्थिक सहयोगको सुरुवात गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जोशीले बताए ।

उनले जीवन बचाउने यस्तो पुण्यकार्यको लागी संकलित सम्पुर्ण रकम प्रहरी जवान खत्रीकी श्रीमती ट्राफिक महाशाखामा कार्यरत प्रहरी जवान मुना बस्नेतलाई हस्तान्तरण गरेको जानकारी दिए ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १ : ४५ बजे

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन

४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले विद्युत् गृह खरानी पारिदिने इरानलाई ट्रम्पको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘स्ट्रेत

पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु

बुटवल– पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ

अमेरिकाको हवाइमा २० वर्षयताकै ठूलो बाढी : हजारौं विस्थापित

हवाई – अमेरिकाको हवाई राज्यमा भारी वर्षासहितको आँधीबेहरीपछि राज्यव्यापी उच्च