दार्चुलाका शैक्षिक संस्था माघ मसान्तअघि नखोल्न निर्देशन | Khabarhub Khabarhub

दार्चुलाका शैक्षिक संस्था माघ मसान्तअघि नखोल्न निर्देशन


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले दार्चुलाका शिक्षण संस्थाहरू माघ मसान्तसम्म भौतिक रूपमा सञ्चालन नगर्न निर्देशन दिएका छन् ।

कोरोना महामारी नियन्त्रण भइनसकेका कारण माघ मसान्त अघि शैक्षिक संस्था नखोल्न उनले मंगलबार निर्देशन दिएका हुन् । विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक रूपमा उपस्थितिमा नगर्न भनिएको छ ।

शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाएर सञ्चालन गर्न उनले निर्देशन दिएका छन् । त्यस्तै, जिल्लामा १२ वर्ष देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन यही माघ २० गते देखि २३ गते सम्म विद्यालय खुलाइने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डोज लगाउन चार दिन विद्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । त्यस्तै, सबै खाले परीक्षा सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालन गर्न पनि निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ९ : ४५ बजे

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत

नीलडामसहितको अनुहार सार्वजनिक गर्दै विष्णुलक्षित एलिनाको टिप्पणी– म चुप लाग्दिनँ

काठमाडौं – पूर्वपति विष्णु सापकोटाले सम्बन्धबिच्छेदबारे रक्षात्मक धारणा सार्वजनिक गरेपछि

एमालेको विधान : पुच्छरले कुकुर हल्लायो !

काठमाडौं– कम्युनिष्टहरुले मान्दै आएको संगठनात्मक सिद्धान्तले भन्छ – महाधिवेशनले गरेको

एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति

काठमाडौं–  गएको एक वर्षमा आठ लाख ३९ हजार २६६ जनाले

श्रम मन्त्रालयको एक वर्ष : सुधारका प्रयास सकारात्मक, रोजगार सृजना र ठगी नियन्त्रण चुनौतीपूर्ण

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०८१/८२