न्यायको अनुभूति दिलाउन कांग्रेसको छाँया सरकार « Khabarhub

न्यायको अनुभूति दिलाउन कांग्रेसको छाँया सरकार


६ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारका पछिल्ला गतिविधिलाई सुक्ष्मरूपमा अध्ययन गर्न नेपाली कांग्रेसले छाँया सरकार गठनलाई तीव्रता दिएको छ । अबको दुई तीन दिनमा छाँया सरकार गठनले पूर्णता पाउने कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले अबको तीन दिनभित्र छाँया सरकार गठनले पूर्णता पाउनेगरी तयारी भइरहेको जानकारी दिएका हुन् । नेताहरुको व्यस्तताका कारण तोकिएको समयभन्दा ढिलाइ भएको बताउँदै उहाँले आज–भोलिसम्म इच्छुक नेताको निवेदन आइसक्ने बताए ।

सरकारका गतिविधिलाई सूक्ष्म ढंगले अध्ययन गर्न छायाँ सरकार गठनको आवश्यक परेको नेता विश्वकर्माले बताए । उनले सरकारका पछिल्ला गतिविधिले आक्रान्त जनतालाई न्यायको अनुभूति गराउन छायाँ सरकार आवश्यक परेको उल्लेख गरे ।

सरकारले अधिनायकवादी चरित्र देखाउँदै गएको उहाँको भनाइ छ । कञ्चनपुरकी बालिका निर्मला पन्तले न्याय नपाउनु र वाइडबडी खरिद प्रकरणमा मुछिएकालाई संरक्षण गरिनु सरकारको बदनियतपन भएको नेता विश्वकर्माले बताए ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  ९ : २० बजे

विश्वकप २०२६ फाइनल: पहिलो हाफ गोलरहित, स्पेनको दबाब, अर्जेन्टिनालाई मार्टिनेजको चोट

न्यु जर्सी– फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीचको

पहिलो हाफमा अर्जेन्टिना र स्पेन गोलरहित बराबरीमा

काठमाडौं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेलको पहिलो

नेपाली शिक्षा परिषद्‌बाट दुई पुरस्कारको घोषणा

काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘गोपाल पाँडे असीम

१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै

काठमाडौँ । नेपालमा भोलि (साउन ४ गते) १ हजार २५०

महाशाखाले भन्यो : यी क्षेत्रमा थप वर्षा, सतर्कता अपनाउनू

काठमाडौँ । हाल कोसी र बागमती प्रदेशका केही स्थान, लुम्बिनी,