न्यायको अनुभूति दिलाउन कांग्रेसको छाँया सरकार « Khabarhub

न्यायको अनुभूति दिलाउन कांग्रेसको छाँया सरकार


६ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारका पछिल्ला गतिविधिलाई सुक्ष्मरूपमा अध्ययन गर्न नेपाली कांग्रेसले छाँया सरकार गठनलाई तीव्रता दिएको छ । अबको दुई तीन दिनमा छाँया सरकार गठनले पूर्णता पाउने कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले अबको तीन दिनभित्र छाँया सरकार गठनले पूर्णता पाउनेगरी तयारी भइरहेको जानकारी दिएका हुन् । नेताहरुको व्यस्तताका कारण तोकिएको समयभन्दा ढिलाइ भएको बताउँदै उहाँले आज–भोलिसम्म इच्छुक नेताको निवेदन आइसक्ने बताए ।

सरकारका गतिविधिलाई सूक्ष्म ढंगले अध्ययन गर्न छायाँ सरकार गठनको आवश्यक परेको नेता विश्वकर्माले बताए । उनले सरकारका पछिल्ला गतिविधिले आक्रान्त जनतालाई न्यायको अनुभूति गराउन छायाँ सरकार आवश्यक परेको उल्लेख गरे ।

सरकारले अधिनायकवादी चरित्र देखाउँदै गएको उहाँको भनाइ छ । कञ्चनपुरकी बालिका निर्मला पन्तले न्याय नपाउनु र वाइडबडी खरिद प्रकरणमा मुछिएकालाई संरक्षण गरिनु सरकारको बदनियतपन भएको नेता विश्वकर्माले बताए ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  ९ : २० बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर